शोभा पाठकले महेश बस्नेतविरुद्ध दिएको मुद्दा खारेज

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरूद्धको मुद्दा उच्च अदालत पाटनले खारेज गर्ने फैसला सुनाएको छ । जानुका पाठक उर्फ शोभाले दिएको बलात्कार, भ्रूण हत्यालगायतको मुद्दामा नेता बस्नेतले सफाइ पाएका छन् । शोभाले २०८१ वैशाख २० गते दर्ता गरेको रिट बुधबार उच्च अदालतले खारेज गरेको हो । न्यायाधीशद्वय ऋषिराज भण्डारी र खडानन्द तिवारीको इजलासले बस्नेतविरुद्धको […]

Sep 12, 2024 - 12:19
 0
शोभा पाठकले महेश बस्नेतविरुद्ध दिएको मुद्दा खारेज

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरूद्धको मुद्दा उच्च अदालत पाटनले खारेज गर्ने फैसला सुनाएको छ ।

जानुका पाठक उर्फ शोभाले दिएको बलात्कार, भ्रूण हत्यालगायतको मुद्दामा नेता बस्नेतले सफाइ पाएका छन् ।
शोभाले २०८१ वैशाख २० गते दर्ता गरेको रिट बुधबार उच्च अदालतले खारेज गरेको हो ।

न्यायाधीशद्वय ऋषिराज भण्डारी र खडानन्द तिवारीको इजलासले बस्नेतविरुद्धको मुद्दा दाबी नपुग्ने भन्दै खारेज हुने फैसला सुनाएको छ ।

यसअघि जिल्ला अदालत काठमाडौँले पनि खारेज हुने फैसला सुनाएको थियो । पीडित भनिएकी एक महिलाले बस्नेतबाट आफू पटकपटक पीडित भएको दाबी गरेकी थिइन् ।

महेश बस्नेत आरोप प्रकरणमा ट्वीस्ट: पटकपटक बिहे गरेकी शोभाले वडाबाट किन बनाइन् ‘कुमारी प्रमाणपत्र’ ?

महेश बस्नेतसँग सम्बन्धमा रहेको दाबी गर्दै पार्टीकै कार्यकर्ता मिडियामा, को हुन् शोभा ?

महेश बस्नेतसँग ‘एक्स्ट्रा अफेयर’बताउने शोभा, पहिले दाइ भन्दै आएकी उनले अचानक किन लगाइन् आरोप ?

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register