साना किसान कृषि सहकारीमा चोरको ‘उपद्रो’, भल्ट फोड्न नसकेपछि झ्यालढोका र सामान फोडेर टाप !  

काठमाडौँ । साना किसान कृषि सहकारीमा चोरीको प्रयास भएको छ । सहकारीको कैलालीस्थित मुख्य कार्यालयमा चोरीको प्रयास भएको हो ।  सहकारीमा सोमबार राती चोरीको प्रयास भएको सहकारीका मुख्य प्रबन्धक गोरख खत्रीले बताएका छन् । खत्रीका अनुसार चोर सहकारीको झ्यालको ग्रिल तोडेर भित्र पसेको देखिएको छ ।  चोरी गर्ने नियतले सहकारी प्रवेश गरेको चोरले हलसहितको पाँचवटा […]

Sep 11, 2024 - 05:43
 0
साना किसान कृषि सहकारीमा चोरको ‘उपद्रो’, भल्ट फोड्न नसकेपछि झ्यालढोका र सामान फोडेर टाप !  

काठमाडौँ । साना किसान कृषि सहकारीमा चोरीको प्रयास भएको छ । सहकारीको कैलालीस्थित मुख्य कार्यालयमा चोरीको प्रयास भएको हो । 

सहकारीमा सोमबार राती चोरीको प्रयास भएको सहकारीका मुख्य प्रबन्धक गोरख खत्रीले बताएका छन् । खत्रीका अनुसार चोर सहकारीको झ्यालको ग्रिल तोडेर भित्र पसेको देखिएको छ । 

चोरी गर्ने नियतले सहकारी प्रवेश गरेको चोरले हलसहितको पाँचवटा ढोका फुटाएर भल्टसम्म पुगेको खत्रीले बताए । ‘चोरले सुरुमा सहकारीका झ्यालको ग्रिल तोडेर भित्र पसेको देखिन्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘भित्र हलसहित ५ वटा ढोका फुटाएर भल्टसम्म पुगेको चोरले भल्ट भने पूर्ण रुपमा फुटाउन नसकेको देखिएको छ ।’ 

खत्रीका अनुसार चोरले भल्ट एउटा लक फुटाएको र एउटा लक फुटाउन बाँकी रहेको अवस्थामा फेला परेको बताए । 

चोरले भल्टको लक फुटाउन नसक्दा नगद चोरी हुनबाट जोगिएको खत्रीको भनाई छ । तर, चोरले सहकारीमा भएका सामानमा पुर्याउँदा करिब डेढ लाखको क्षति भएको प्रबन्धक खत्रीले बताएका छन् । ‘भल्ट फुटाउन नसक्दा सहकारीमा आर्थिक क्षति हुन पाएन ।’, उनले भने, ‘तर झ्यालढोका फुटेको छ, ताला तोडिएका छन्, सिसिटिभी क्यामेराको डिभाइस चोरिएको छ र भल्टको लकरमा पनि क्षति पुगेको छ । जसको क्षति मूल्यांकन गर्दा १ लाख ५० हजार जति हुन आउँछ ।’

यसो त साना किसान कृषि सहकारीको मुख्यालयमा चोरी भएको यो पहिलोपटक भने होइन । यसअघि २०७९ पुष ७ गते पनि सहकारीको सोही कार्यालयमा चोरी भएको थियो । त्यसबेला चोरले सहकारीको ५ लाख ६८ हजार ६ सय ५ रुपैयाँ चोरेर लगेको प्रबन्धक खत्रीले बताएका छन् । तर, त्यसबेला चोरीमा संलग्न चोर अहिलेसम्म पनि फरार छन् भने चोरी भएको पैसाको अहिलेसम्म टुँगो लागेको छैन ।

अघिल्लो पटक चोरी भएपछि सहकारीले सुरक्षाका लागि भन्दै गार्ड राखेको थियो । तर, गार्ड सुतेको मौका छोपेर कार्यालयभित्र चोर पसेको खत्रीले बताए । खत्रीका अनुसार बिहान कार्यालय खोल्ने समयमा मात्रै कार्यलयमा चोरीको प्रयास भएको थाहा पाएको बताएका छन् । हाल प्रहरीले चोरीमा संलग्नको खोजीकार्य गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register