एफएनसीसीआई र सिमिटको सहकार्यमा राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना

काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कृषि उद्यम केन्द्र र सिमिटको संयुक्त आयोजनामा काठमाडौंमा नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती विषयक राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरेको छ । गोष्ठीको प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकासका मन्त्री रामनाथ अधिकारी रहेका थिए भने अध्यक्षमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल थिए । […]

Sep 11, 2024 - 07:31
 0
एफएनसीसीआई र सिमिटको सहकार्यमा राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना

काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कृषि उद्यम केन्द्र र सिमिटको संयुक्त आयोजनामा काठमाडौंमा नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती विषयक राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरेको छ । गोष्ठीको प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकासका मन्त्री रामनाथ अधिकारी रहेका थिए भने अध्यक्षमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रामनाथ अधिकारीले सरकारले कृषि क्रान्तिको लागि कृषि दशक २०८१-२०९१ मनाउन लागेको जानकारी गराएका थिए । महासंघ कृषि उद्यम केन्द्रद्धारा आयोजित गोष्ठीको निष्कर्ष कृषि दशकको लागि मार्ग दर्शक बन्न सकोस भन्ने कामना मन्त्री अधिकारीले व्यक्त गरे ।

त्यस्तै, कार्यक्रमका सभापति एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यशाला गोष्ठिले नेपालमा क्रियाशिल लघु, साना तथा मझौला उद्यमीहरुले भोगिरहेका समस्यामाथि छलफल हुने र ती समस्याहरुको निराकरण गर्न सबैपक्ष मिलेर कार्य गर्ने वातावरण निर्माण हुने आशा लिएको बताए ।

महासंघ सदैब लघु, साना तथा मझौला उद्यमीहरुलाई केन्द्रमा राखेर कार्य गरिरहेको र यसमा पनि महासंघको कृषि क्षेत्र हेर्ने गरी स्थापना भएको कृषि उद्यम केन्द्रले कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरुकालागि, स्थापना काल देखि नै कार्य गर्दै आईरहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register