भियतनाममा यागी आँधीका कारण अहिलेसम्म १२७ जनाको मृत्यु

काठमाडौं । भियतनाममा यागी आँधीका कारण अहिलेसम्म १२७ जनाको ज्यान गएको छ भने ५४ जना बेपत्ता छन् । हावाहुरीका कारण शनिबारदेखि भारी वर्षा र बाढी आएको थियो । उत्तरी भियतनाममा हजारौं मानिस घरको छानामा फसेका छन् । सामाजिक सञ्जालमा धेरैले सहयोगको अपिल गरेका छन् । टाइफुन यागी भियतनाममा विगत ३० वर्षयताकै सबैभन्दा शक्तिशाली आँधी हो, […]

Sep 11, 2024 - 07:31
 0
भियतनाममा यागी आँधीका कारण अहिलेसम्म १२७ जनाको मृत्यु

काठमाडौं । भियतनाममा यागी आँधीका कारण अहिलेसम्म १२७ जनाको ज्यान गएको छ भने ५४ जना बेपत्ता छन् ।

हावाहुरीका कारण शनिबारदेखि भारी वर्षा र बाढी आएको थियो ।

उत्तरी भियतनाममा हजारौं मानिस घरको छानामा फसेका छन् । सामाजिक सञ्जालमा धेरैले सहयोगको अपिल गरेका छन् ।

टाइफुन यागी भियतनाममा विगत ३० वर्षयताकै सबैभन्दा शक्तिशाली आँधी हो, जसले देशको उत्तरी भागमा विनाश मच्चाएको छ।

फु थो प्रान्तमा फोङ चाउ पुल भत्किँदा धेरै सवारी साधन डुबेका छन् । आँधी यागी पश्चिमतर्फ सर्ने क्रममा क्षति बढ्ने अधिकारीहरूले चेतावनी दिएका छन् ।

यागी आँधीमा १५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । बाढी र पहिरोका कारण धेरै पुल र भवनहरु भत्किएका छन् ।

भियतनाम भन्दा पहिले दक्षिणी चीन र फिलिपिन्समा यागी आँधीका कारण २४ जनाको ज्यान गएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register