भिसा पाए लगत्तै अमेरिका उडे सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । आईसीसी विश्वकप लिग-२ खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा उपलब्ध गराएको हो। आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राति क्यानडा उडिसकेको छ । उक्त टोलीमा सन्दीप पनि छन्। क्यानडामा लिग-२ को सिरिज खेलिसकेपछि नेपाली टोली अमेरिका जाने छ। केही महिनाअघि टी-२० विश्वकपका […]

Sep 11, 2024 - 07:34
 0
भिसा पाए लगत्तै अमेरिका उडे सन्दीप लामिछाने

काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । आईसीसी विश्वकप लिग-२ खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा उपलब्ध गराएको हो। आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राति क्यानडा उडिसकेको छ । उक्त टोलीमा सन्दीप पनि छन्।

क्यानडामा लिग-२ को सिरिज खेलिसकेपछि नेपाली टोली अमेरिका जाने छ। केही महिनाअघि टी-२० विश्वकपका लागि सन्दीपलाई भिसा नदिएको अमेरिकाले यसपटक भने दिएको हो।

लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले यही सेप्टेम्बर १६ र २२ मा क्यानडासँग तथा सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्ने छ। यी दुई टोलीसँग नेपालले त्रिकोणात्मक टी-२० सिरिज पनि खेल्ने छ। सिरिजअन्तर्गत क्यानडासँग सेप्टेम्बर २८ र अक्टोबर १ तथा ओमानसँग सेप्टेम्बर २९ र अक्टोबर २ तारिखमा प्रतिस्पर्धा गर्नेछ।

त्यसपछि नेपाली टोली लिग २ अन्तर्गतकै अर्को सिरिजका लागि अमेरिका प्रस्थान गर्ने छ। अमेरिकामा घरेलु टोलीसँगै स्स्कटल्यान्डसँग प्रतिस्पर्धा हुनेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register