अभिनेत्री मलाइकाका पिताले गरे छैटौँ तलाबाट हाम फालेर आत्महत्या

काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडाका सौतेनी बुबा अनिल मेहताले आत्महत्या गरेका छन् । अनिलले बुधबार बिहान ९ बजे मुम्बईको बान्द्रास्थित आयशा मनोर भवनको छैटौँ तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् । भारतीय सञ्चारमाध्यमकाअनुसार हालसम्म कुनै सुसाइड नोट पनि फेला परेको छैन, जसका कारण आत्महत्याको कारण स्पष्ट हुन सकेको छैन । प्रहरी र फरेन्सिक टोलीले हरेक […]

Sep 11, 2024 - 11:39
 0
अभिनेत्री मलाइकाका पिताले गरे छैटौँ तलाबाट हाम फालेर आत्महत्या

काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडाका सौतेनी बुबा अनिल मेहताले आत्महत्या गरेका छन् ।

अनिलले बुधबार बिहान ९ बजे मुम्बईको बान्द्रास्थित आयशा मनोर भवनको छैटौँ तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमकाअनुसार हालसम्म कुनै सुसाइड नोट पनि फेला परेको छैन, जसका कारण आत्महत्याको कारण स्पष्ट हुन सकेको छैन ।

प्रहरी र फरेन्सिक टोलीले हरेक कोणलाई ध्यानमा राखेर अनुसन्धान गरिरहेको छ । शवलाई पोस्टमार्टमका लागि बाबा अस्पताल लगिएको छ । अनिल अरोरा मर्चेन्ट नेवीका पूर्वकर्मचारी हुन् ।

घटना हुँदा मलाइका पुणेमा थिइन् । लगत्तै उनी मुम्बई पुगेकी छन् । मलाइकाका पूर्व पति अभिनेता अरबाज खान पनि घटनास्थलमा पुगेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register