देउवा भन्छन्- दुई वर्षपछि ओलीजीले प्रधानमन्त्री छाडिदिनुहुन्छ

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई वर्षपछि आफू प्रधानमन्त्री बन्ने बनाएका छन् । बिहीबार काठमाडौंमा आयोजित पार्टीबाट विजयी स्थानीय तहका प्रमुखहरूलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “ओलीजीसँग लिखित सहमति भएको छ । दुई वर्षपछि उहाँले मलाई प्रधानमन्त्री छाड्ने रिटन सहमति भएको छ,” उनले भने । […]

Sep 12, 2024 - 12:59
 0
देउवा भन्छन्- दुई वर्षपछि ओलीजीले प्रधानमन्त्री छाडिदिनुहुन्छ

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई वर्षपछि आफू प्रधानमन्त्री बन्ने बनाएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पार्टीबाट विजयी स्थानीय तहका प्रमुखहरूलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“ओलीजीसँग लिखित सहमति भएको छ । दुई वर्षपछि उहाँले मलाई प्रधानमन्त्री छाड्ने रिटन सहमति भएको छ,” उनले भने ।

सभापति देउवाले कांग्रेस र एमालेबीच भएको सहमतिले देश तथा विदेशमा उत्साह थपिएको दाबी पनि गरे ।

उनले कांग्रेस-एमाले अरु पार्टीलाई सिध्याउने खेलमा नरहेको स्पष्ट पारे । “मलाई विश्वास छ, ओलीजीको पनि त्यस्तो कुरा छैन । हामीले सबैलाई मिलाएर लैजान चाहन्छौँ,” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register