कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ठग्ने एक जना पक्राउ

काठमाडौँ । सहुलियतमा कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख बढी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बाजुराको बुढीनन्दा गाउँपालिका वडा नं. १ का विष्णु बहादुर कार्की रहेका छन् । उनले एक जनालाई साढे १४ करोड रुपैयाँ कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ३१ हजार ७ सय रुपैयाँ ठगी गरेका थिए […]

Sep 11, 2024 - 11:47
 0
कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ठग्ने एक जना पक्राउ

काठमाडौँ । सहुलियतमा कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख बढी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बाजुराको बुढीनन्दा गाउँपालिका वडा नं. १ का विष्णु बहादुर कार्की रहेका छन् ।

उनले एक जनालाई साढे १४ करोड रुपैयाँ कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ३१ हजार ७ सय रुपैयाँ ठगी गरेका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले सोमबार बुढानीलकण्ठ नगरपालिका- ५ न्यु कोलोनीबाट पक्राउ गरेको हो ।  

कृषि फार्म सञ्चालन गरेका एक युवालाई तपाईँको फार्मको नाममा अमेरिकाबाट १४ करोड ५१ लाख ९८ हजार ५ सय ४८ रुपैयाँ कर्जा आउँदैछ २.५ प्रतिशत ब्याजदरमा भनेर कार्कीले प्रलोभनमा पारेका थिए । त्यसपश्चात् विभिन्न बहानामा पीडितबाट १७ लाख ३१ हजार रुपैयाँ लिएर उनी फरार भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनले आफू पिएचडी डाक्टर तथा हाइप्रोफाईल व्यक्ति भएको भन्दै कर्जा मिलाइदिने प्रलोभनमा पारेर रकम ठग्ने गरेका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register