लन्डन प्लमस्टिडमा लाइभ दोहोरी प्रस्तुत गर्दै चर्चित कलाकार

लन्डन- नेपालबाट आएका चर्चित कलाकारको प्रस्तुतिमा लन्डन प्लमस्टिडमा लाइभ दोहोरी हुने भएको छ । चर्चित लोकदोहोरी कलाकारद्धय कला लम्साल र चोलेन्द्र पौडेलका साथ बेलायतवासी कलाकार सुमन केसीले लाइभ सांगीतिक प्रस्तुति गर्ने भएका छन् । यही विहीबार सांझ प्लमस्टिडको गोर्खा क्याप्रिकन रेष्टुरेन्टमा ‘लाइभ म्यूजिकल नाइट’ हुनेछ । कार्यक्रम बेलुका ७ बजेदेखि ११ बजेसम्मलाई निर्धारित छ । […]

Sep 11, 2024 - 12:13
 0
लन्डन प्लमस्टिडमा लाइभ दोहोरी प्रस्तुत गर्दै चर्चित कलाकार


लन्डन- नेपालबाट आएका चर्चित कलाकारको प्रस्तुतिमा लन्डन प्लमस्टिडमा लाइभ दोहोरी हुने भएको छ ।

चर्चित लोकदोहोरी कलाकारद्धय कला लम्साल र चोलेन्द्र पौडेलका साथ बेलायतवासी कलाकार सुमन केसीले लाइभ सांगीतिक प्रस्तुति गर्ने भएका छन् ।

यही विहीबार सांझ प्लमस्टिडको गोर्खा क्याप्रिकन रेष्टुरेन्टमा ‘लाइभ म्यूजिकल नाइट’ हुनेछ । कार्यक्रम बेलुका ७ बजेदेखि ११ बजेसम्मलाई निर्धारित छ ।

कार्यक्रमको संयोजन गायक सुमन केसीले गरेका छन् । त्यस्तै, कार्यक्रम प्रायोजन क्रोयडन पर्लीस्थित इन्डियन तथा नेपाली रेष्टुरेन्ट ‘गोर्खा नान’ ले गरेको छ ।

कार्यक्रममा उपस्थित भएर राष्ट्रिय कलाकारहरुले प्रस्तुत गर्ने लाइभ लोकदोहोरीमा रमाउन आयोजकले स्थानीय सबै नेपालीललाई आमन्त्रण गरेका छन् ।

कार्यक्रममा प्रवेश शुल्क मात्र १० पाउन्ड लाग्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register