ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकहरूलाई ग्यालेक्सी हस्पिटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । डेभलपमेन्ट बैंकका ग्राहकहरूलाई ग्यालेक्सी हस्पिटलमा छुट हुने भएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको बैंकका ग्राहकहरूलाई पोखरा महानगरपालिका वडा नंं १०, उत्तमचोकमा अवस्थित ग्यालेक्सी हस्पिटलका विभिन्न स्वास्थ्य सेवा तथा सुविधामा छुट हुने भएको हो । बैंकका ग्राहकहरूले ग्रीन डेबिट कार्ड, मोबाइल बैंकिङ प्रयोगगरी हस्पिटलमा उपलब्ध युएसजि, इसिजि, इक्स रे, अल टाइप अफ बेड […]

Sep 18, 2024 - 10:04
 0
ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकहरूलाई ग्यालेक्सी हस्पिटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । डेभलपमेन्ट बैंकका ग्राहकहरूलाई ग्यालेक्सी हस्पिटलमा छुट हुने भएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको बैंकका ग्राहकहरूलाई पोखरा महानगरपालिका वडा नंं १०, उत्तमचोकमा अवस्थित ग्यालेक्सी हस्पिटलका विभिन्न स्वास्थ्य सेवा तथा सुविधामा छुट हुने भएको हो ।

बैंकका ग्राहकहरूले ग्रीन डेबिट कार्ड, मोबाइल बैंकिङ प्रयोगगरी हस्पिटलमा उपलब्ध युएसजि, इसिजि, इक्स रे, अल टाइप अफ बेड चार्ज, प्याथोलोजी सर्बिस र हेल्थ प्याकेजमा १५ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

ग्यालेक्सी हस्पिटल पोखराको सुविधा सम्पन्न अस्पताल रहेको र उक्त अस्पतालमा विभिन्न रोगका विशेषज्ञ चिकित्सहरुद्धारा आधुनिक  प्रविधियुक्त उपकरणबाट विशेषज्ञ स्वास्थ्य सेवाहरू प्रवाह हुँदै आएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक महाप्रबन्धक संयुक्त बहादुर धाख्वा र ग्यालेक्सी हस्पिटल प्रालिका तर्फबाट अध्यक्ष बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा। हेमन्त मानन्धरले हस्ताक्षर गरेका छन् । कार्यक्रममा हस्पिटलका कार्यकारी निर्देशक दिपेन थापा र बैंकको बुद्धचोक शाखाका शाखा प्रबन्धक मान बहादुर शाहीको समेत उपस्थिति रहेको थियो । यो सम्झौता १ (एक) वर्षको लागी गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register