थकाली लङ्ग ग्रेन बासमती चामल किन्दा कार जित्ने मौका 

काठमाडौं । थकाली लङ्ग ग्रेन बासमती चामल खरिदमा कार र मोटरसाइकल उपहार पाइने भएको छ । शनिबार थकाली लङ्ग ग्रेन बासमती चामलले आयोजना गरेको डिलर्स मिट मार्फत उक्त योजनाको घोषणा गरेको हो । सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बासमती चामलको हरेक बोरा खरिद गर्दा ग्राहकहरूले हात खाली नजाने गरी उपहारहरू दिने भएको छ । आउँदो […]

Sep 11, 2024 - 13:55
 0
थकाली लङ्ग ग्रेन बासमती चामल किन्दा कार जित्ने मौका 

काठमाडौं । थकाली लङ्ग ग्रेन बासमती चामल खरिदमा कार र मोटरसाइकल उपहार पाइने भएको छ । शनिबार थकाली लङ्ग ग्रेन बासमती चामलले आयोजना गरेको डिलर्स मिट मार्फत उक्त योजनाको घोषणा गरेको हो ।

सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बासमती चामलको हरेक बोरा खरिद गर्दा ग्राहकहरूले हात खाली नजाने गरी उपहारहरू दिने भएको छ । आउँदो चाडपर्वको उपलक्ष्यमा थकाली लङ्ग ग्रेन बासमती चामलले उक्त योजना ग्राहकहरू माझ लिएर आएको हो ।

सो योजना अन्तर्गत ग्राहकहरुकले हरेक चामलको बोरामा हात खाली नजाने गरी उपहारहरू पाउन सक्नेछन् भने भाग्यशाली ग्राहकहरूले चामलको बोरा खरिदमा मोटरसाइकल देखि कार सम्म पनि पाउन सक्नेछन् ।

कम्पनीको अनुसार हरेक बोरा मा आकर्षक उपहारहरू राखिएका छन् भने माइक्रोवेभ ओभन, वासिङ्ग मेशिन, रेफ्रीजिरेटर, स्मार्टफोन, स्मार्टवाच का साथसाथै किचेन युटेन्सिल्स गरी विभिन्न प्रकारका उपहार ग्राहकहरूले पाउन सक्नेछन् । साथसाथै केही भाग्यशाली ग्राहकहरूले थकाली लङ्ग ग्रेन बासमती चामलको खरिदमा उपहार स्वरूप मोटरसाइकल र गाडी पनि पाउन सक्नेछन् ।

उक्त कार्यक्रम मार्फत नै कम्पनीले आफ्ना डिलरहरूको उल्लेखनीय योगदानको कदर गर्दै आफ्ना डिलरहरूलाई उनीहरूको दक्षता अनुसार थाइल्यान्ड, बाली तथा सिङ्गापुर भ्रमण लगायत एसियाकै लक्जरी क्रुज को आनन्द लिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

डिलरहरूको दक्षता र प्रतिबद्धता अनुसार डिलरहरूलाई थाइल्यान्ड वा बाली वा सिङ्गापुर भ्रमणमा पठाइने र साथसाथै उक्त भ्रमण अवधिभरको खाने–बस्ने सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने सोही कार्यक्रम मार्फत कम्पनीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register