वसन्तपुर क्षेत्रमा इन्द्रजात्राको तयारी (तस्वीरहरू)

काठमाडौं । उपत्यकाको सबैभन्दा ठूलो जात्राको रूपमा मानिने इन्द्रजात्रा यहि असोज १ गते सुरु हुँदैछ । यसको लागि अहिले वसन्तपुर क्षेत्रमा इन्द्रजात्राको तयारी अगाडि बढेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो जात्रा भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक एवम् तान्त्रिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि औपचारिक रूपमा सुरु हुन्छ । इन्द्रध्वजा […]

Sep 12, 2024 - 06:35
 0
वसन्तपुर क्षेत्रमा इन्द्रजात्राको तयारी (तस्वीरहरू)

काठमाडौं । उपत्यकाको सबैभन्दा ठूलो जात्राको रूपमा मानिने इन्द्रजात्रा यहि असोज १ गते सुरु हुँदैछ । यसको लागि अहिले वसन्तपुर क्षेत्रमा इन्द्रजात्राको तयारी अगाडि बढेको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो जात्रा भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक एवम् तान्त्रिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि औपचारिक रूपमा सुरु हुन्छ ।

इन्द्रध्वजा फहराउने लिंगो बुधबार भक्तपुरबाट भोटाहिटी हुँदै हनुमानढोका पुर्‍याइएको छ । इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआज गरी आठ दिनसम्म मनाउने प्रचलन रहेको छ ।

तस्वीरहरु-

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register