सार्वजनिक बाटो नरोक्न जिल्ला अदालतको आदेश

धादिङ ।   गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित बैरेनीबजारबाट महेशफाँट हुँदै आँगेसको पुछारसम्म जाने सडकको बाटो २०६६ देखि सार्वजनिक प्रयोगमा आएकोले बाटो नरोक्न जिल्ला अदालतले आदेश दिएको छ । गल्छी गाउँपालिकाले ०७९ वैशाख २० गते डोजर लगाएपछि आफ्नो जग्गामा परेकोले क्षति पुगेको र लगाएको अन्न समेत क्षति पुगेको भन्दै प्रेम बहादुर अधिकारीले ०७९ वैशाख २७ […]

Sep 12, 2024 - 07:01
 0
सार्वजनिक बाटो नरोक्न जिल्ला अदालतको आदेश

धादिङ ।  

गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित बैरेनीबजारबाट महेशफाँट हुँदै आँगेसको पुछारसम्म जाने सडकको बाटो २०६६ देखि सार्वजनिक प्रयोगमा आएकोले बाटो नरोक्न जिल्ला अदालतले आदेश दिएको छ ।

गल्छी गाउँपालिकाले ०७९ वैशाख २० गते डोजर लगाएपछि आफ्नो जग्गामा परेकोले क्षति पुगेको र लगाएको अन्न समेत क्षति पुगेको भन्दै प्रेम बहादुर अधिकारीले ०७९ वैशाख २७ गते जिल्ला अदालतमा निषेधाज्ञा सम्बन्धी मुद्दा दिएका थिए । गाउँपालिकाले सडक सफा गरेपनि अधिकारीले सो क्षेत्रका उपभोक्ता ४८ वर्षीय भवनाथ अधिकारी, ४२ वर्षीय रामकुमार अधिकारी, २७ वर्षीय सन्तोष अधिकारी, २० वर्षीय संगम अधिकारी, २५ वर्षीय गणेश अधिकारी, २४ वर्षीय कृष्ण अधिकारी, २४ वर्षीय सरोज अधिकारी विरुद्ध मुद्दा दर्ता भएको थियो ।

सडक २०६६ देखि प्रयोगमा आएको र सोही समयदेखि जग्गा धनीहरुले सडक बाटोलाई उपलब्ध गराइ विवाद विना आवतजावत हुँदै आएको थियो । प्रेमबहादुर अधिकारीले २०७४ साल वैशाख २४ गते मात्र जग्गा किनेको र पहिलेदेखि चलेको बाटो रोक्न खोजेर मुद्दा लगाइएको मुद्दाका प्रतिवादीहरुको भनाइ छ ।

जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलाको इजलासले प्रेमबहादुर अधिकारीको निषेधाज्ञाको रिट खारेज गर्दै तत्कालिन अवस्थामै बाटो आएपछि जग्गाधनीले चित्त बुझाएकोले पछि बन्द गाउन नहुने ठहर गरिएको छ । जग्गाबाट बाटो गएपछि क्षति पुग्ने नभई  जग्गाको मूल्य बढ्ने समेत ठहर गर्दै जिल्ला अदालतले फैसला गर्दा जग्गाको नक्सा, सर्जमिन मुचुल्का, न्यायाधीश समितिको मिसिल तथा जिल्ला अदालतबाट खटिएको डोर कर्मचारी खटी बनाएको प्रतिवेदनको आधार समेतलाई ध्यानमा  राखेर फैसला गरिएको जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register