विश्व स्वास्थ्य संगठनद्वारा धुलिखेललाई नेपालकै पहिलो स्वस्थ शहर घोषणा

धुलिखेल । धुलिखेल नगरपालिका नेपालको पहिलो स्वस्थ शहर घोषणा भएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा.सुभाजी गुडद्वारा मंगलबार धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ शहर घोषाणा गर्दै ५ हजार अमेरिकी डलर पुरस्कार प्रदान गर्ने निर्णय सार्वजनिक गरेको छ । ‘विश्व स्वास्थ्य संगठनले धुलिखेल नगरपालिका स्वस्थ शहर घोषणा गरेको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘यो निर्णयले सिंगो […]

Aug 28, 2024 - 08:41
 0
विश्व स्वास्थ्य संगठनद्वारा धुलिखेललाई नेपालकै पहिलो स्वस्थ शहर घोषणा

धुलिखेल ।

धुलिखेल नगरपालिका नेपालको पहिलो स्वस्थ शहर घोषणा भएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा.सुभाजी गुडद्वारा मंगलबार धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ शहर घोषाणा गर्दै ५ हजार अमेरिकी डलर पुरस्कार प्रदान गर्ने निर्णय सार्वजनिक गरेको छ ।

‘विश्व स्वास्थ्य संगठनले धुलिखेल नगरपालिका स्वस्थ शहर घोषणा गरेको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘यो निर्णयले सिंगो नेपाल र काभ्रेपलाञ्चोक जिल्लाबासीका साथै धुलिखेल नगरबासी खुशी छौ । खुशीसँगै अवसर र चुनौती दुबै प्राप्त भएको महसुस गरेका छौं ।’ लगातार २ वर्ष देखि धुलिखेल नगरपालिकाले प्रदान गरेको स्वास्थ्य सेवालाई प्रभावकारी अनुगमन र मुल्यांकन गर्दै विश्व स्वास्थ्य संगठनले ६२.४८ अंक प्रदान गरी दक्षिण पुर्व एशियाको दोश्रो तहको स्वस्थ शहर घोषणा गर्ने निर्णय सार्वजनिक गरेको हो ।

विस्व स्वास्थ संगठनको मापडण्द पुरा गरेर स्वास्थ क्षेत्रको नीतिगत सुधार, दिगो बिकास लक्ष्य, बातावरणीय सुधार, गरिब नागरिकहरुको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोगको नियमित उपचार, सामुदायीक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको प्राथमिक स्वास्थ्य उपचारमा गरेको प्रगतीलाई आधार मानेको छ । धुलिखेल नगरपालिकाले बिश्व स्वास्थ संगठन मार्फत सर्ने र नसर्ने रोग, जेष्ठ नागरिक स्वास्थ्य, दलित र गरिव समुदायको स्वास्थ्यमा दिगो बिकासको स्वास्थ्य लगायत शहरी स्वास्थ्य सुशासनमा काम गर्ने नगर प्रमुख ब्याञ्जुले बताए ।

अपाङ्गता, स्वच्छ खानेपानी, बातावरणीय प्रभाब न्युनिकरण, सुरक्षित र पूर्ण खोप, सामुदायिक स्वास्थ्य लगायतका क्षेत्रमा डिजिटल स्वास्थ्य अभिलेख तयार गरी कार्य गरिरहेको थियो । भारतको पुने शहरले पहिलो तह, थाईल्याण्डको किओङ्ग च शहरले समेत दोश्रो तह प्राप्त गरेका छन् ।

धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले निरन्तरको प्रयासले धुलिखेल नगरपालिकालाई स्वस्थ शहर घोषणा गर्ने महत्वकाँक्षी योजनामा सफल भएको बताए । ‘अब यसको निरन्तरता र पहिलो तहको प्रमाणपत्र प्राप्त पर्ने गरी कार्य प्रारम्भ गरिएको छ’–स्वस्थ्य शाखा प्रमुख सन्दिप केसीले भने–‘धुलिखेल, काभ्रेपलाञ्चोक जिल्ला र नेपालकै लागि यो गौरवको विषय हो ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register