नेपालको हरियो तरकारी कतार निर्यात

काठमाडौं । नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरु गरिएको छ । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रम अर्न्तगत पहिलो चरणमा काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारीहरु कतारमा निर्यात गर्न सुरु गरिएको हो । बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूतलाई हरियो तरकारीहरु हस्तान्तरण गरिएको थियो । ग्रामीण विकासका लागि चाइना […]

Sep 12, 2024 - 08:15
 0
नेपालको हरियो तरकारी कतार निर्यात

काठमाडौं । नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरु गरिएको छ ।

चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रम अर्न्तगत पहिलो चरणमा काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारीहरु कतारमा निर्यात गर्न सुरु गरिएको हो ।

बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूतलाई हरियो तरकारीहरु हस्तान्तरण गरिएको थियो । ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत दक्षिणकाली नगरपालिकामा तरकारी खेती गरिएको थियो ।

दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतले किसानहरुले उत्पादन गरेका हरिया तरकारी निर्यातसँगै यसले मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने र किसानहरुलाई प्रोत्साहन हुने विश्वास व्यक्त गरे ।

तरकारी उत्पादनका लागि ग्रामीण विकासका लागि चाइना फाउन्डेसनले किसानहरुलाई विशेष तालिमका साथै आवश्यक कृषि सामाग्री समेत उपलब्ध गराएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register