मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा ६ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले भोलि हुन लागेको निर्वाचन प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको हो । अदालतको आदेशसँगै निर्वाचनका सबै प्रक्रिया रद्द भएका छन् । बुधबार मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीअन्तर्गत बीएससी बायोलोजी समूह पाँचौँ सेमेष्टरमा अध्ययनरत […]

Sep 12, 2024 - 10:11
 0
मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा ६ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगित भएको छ ।

उच्च अदालत सुर्खेतले भोलि हुन लागेको निर्वाचन प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको हो । अदालतको आदेशसँगै निर्वाचनका सबै प्रक्रिया रद्द भएका छन् ।

बुधबार मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीअन्तर्गत बीएससी बायोलोजी समूह पाँचौँ सेमेष्टरमा अध्ययनरत रञ्जित विकसहितका विद्यार्थीले उच्चमा रिट निवेदन दर्ता गराएका थिए ।

स्ववियु निर्वाचनका लागि प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम छुटाएको भन्दै उनीहरू उच्च अदालत पुगेका थिए ।

रिटउपर सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलको एकल इजलासले तत्काल स्ववियुको निर्वाचन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register