सुरक्षा जाँचका क्रममा खादा र माला नलगाउन विमानस्थलको आग्रह 

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले सुरक्षा जाँचका क्रममा खादा तथा माला नलगाउन आग्रह गरेको छ । विमानस्थलले विदेश जाने यात्रुलाई सुरक्षा जाँचका क्रममा खादा तथा माला नलगाउन आग्रह गरेको हो ।  खादा र माला विमानस्थलका जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अडकिँदा क्षति पुर्याइरहेको भन्दै विमानस्थलले जाँचका क्रममा खादा माला प्रयोग नगर्न आग्रह गरिएको […]

Sep 12, 2024 - 10:23
 0
सुरक्षा जाँचका क्रममा खादा र माला नलगाउन विमानस्थलको आग्रह 

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले सुरक्षा जाँचका क्रममा खादा तथा माला नलगाउन आग्रह गरेको छ । विमानस्थलले विदेश जाने यात्रुलाई सुरक्षा जाँचका क्रममा खादा तथा माला नलगाउन आग्रह गरेको हो । 

खादा र माला विमानस्थलका जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अडकिँदा क्षति पुर्याइरहेको भन्दै विमानस्थलले जाँचका क्रममा खादा माला प्रयोग नगर्न आग्रह गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताएका छन् । 

‘सुरक्षा जाँचका क्रममा यात्रुले लगाएका खादा र माला नलगाउन आज एक सूचना जारी आग्रह गरेका छौँ ।’, उनले भने, ‘अन्य बेला लगाए पनि सुरक्षा जाँचका क्रममा खादा र माला झोलामा राख्नुपर्नेछ ।’

यसैगरी यात्रुले लगाएको खादा र माला विमानस्थलका विभिन्न भागमा अलपत्र छाडी जाने गर्नालेसमेत विमानस्थलको सौन्दर्यतामा नकारात्मक असर पुग्ने गरेको महाप्रबन्धक निरौलाको भनाइ छ । खादा र माला आफैसँग लैजानै परे यात्रुले झोलाभित्र राखेर लैजानसक्ने विमानस्थल कार्यालयले जनाएको छ । तर, सुरक्षा जाँचका क्रममा घाँटीमा झुन्ड्याउन वा हातमा नसमात्न विमानस्थलले आग्रह गरेको छ । 

केही दिनअघि सामाजिक सञ्जालमा यात्रु जाँचपासका क्रममा प्रहरीले यात्रुलाई ‘खादा खोल’ भन्दै दुर्व्यवहार गरेको भिडियो भाइरल भएको थियो । सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भएपछि धेरैले विमानस्थलका सुरक्षा प्रहरी तथा कर्मचारीलाई गालीसमेत गरेका थिए । त्यसको केही दिनमै विमानस्थलले सुरक्षा जाँचका क्रममा यात्रुलाई खादा र माला प्रयोग नगर्न आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register