बिर्तामोडको गोमेन्द्र कलेजमा अब बीएलएएबी अध्यापन

बिर्तामोड, २७ भदौ । झापाको बिर्तामोडस्थित गोमेन्द्र मल्टिपल कलेजमा कानून संकायको बीएलएएबी कक्षा सञ्चालन हुने भएको छ । कलेजका प्राचार्य सरस्वती भुर्तेलले राजार्षी जनक विश्वविद्यालयबाट सम्बन्धन लिएर कानून संकायको बीएलएएबी कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । अब गोमेन्द्र कलेजमै १२ कक्षा उत्तीण विद्यार्थीले बीएलएएबी अध्ययन गर्न सक्ने भएका छन् । झापा, इलाम, ताप्लेजुङ र [...] The post बिर्तामोडको गोमेन्द्र कलेजमा अब बीएलएएबी अध्यापन appeared first on Jhapa Online.

Sep 12, 2024 - 14:28
 0
बिर्तामोडको गोमेन्द्र कलेजमा अब बीएलएएबी अध्यापन

बिर्तामोड, २७ भदौ । झापाको बिर्तामोडस्थित गोमेन्द्र मल्टिपल कलेजमा कानून संकायको बीएलएएबी कक्षा सञ्चालन हुने भएको छ ।

कलेजका प्राचार्य सरस्वती भुर्तेलले राजार्षी जनक विश्वविद्यालयबाट सम्बन्धन लिएर कानून संकायको बीएलएएबी कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । अब गोमेन्द्र कलेजमै १२ कक्षा उत्तीण विद्यार्थीले बीएलएएबी अध्ययन गर्न सक्ने भएका छन् । झापा, इलाम, ताप्लेजुङ र पाँचथरका कानुन विषय लिएर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका अब सहज हुने भएको छ ।

पाँच वर्षे कोषका लागि झापा बाहिर अध्ययन गर्दा १५ लाख भन्दा बढी खर्च हुने अवस्थामा गोमेन्द्र कलेजबाट १० सेमिस्टरको अध्ययन पूरा गर्दा ६ लाख ८० हजार रुपैयाँ लाग्ने कलेज प्रशासनले जनाएको छ । कलेजमा अध्ययन गर्ने विद्यार्थीका लागि २ लाखसम्मको दुर्घटना बिमा तथा अध्ययन ऋणका लागि आधार दरको २ प्रतिशत सहुलियत ब्यजदरमा एनएमबी बैङ्कसँग सम्झौता भई सिफारिस गर्ने व्यवस्था समेत मिलाइएको प्राचार्य भुर्तेलले बताउनुभयो । कलेजको आफ्नै भवनमा प्रयोगात्मक सिकाइका लागि इजलाससमेत रहेको जनाइएको छ ।

The post बिर्तामोडको गोमेन्द्र कलेजमा अब बीएलएएबी अध्यापन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register