नेपाल आयल निगममा जागिरको अवसर, कसरी दिने आवेदन ?

काठमाडौँ । नेपाल आयल निगमले जागिर खुलाएको छ । निगमले प्रबन्धकदेखि टेक्निसियनसम्मका लागि जागिर खुलाएको हो । आज (शुक्रबार) एक सूचना प्रकाशित गर्दै निगमले जागिर खुलाइएकोबारे जानकारी दिएको छ । निगमले प्रबन्धक (प्रशासन) १ जना, प्रबन्धक (मेकानिकल) १ जना, उपप्रबन्धक (सिए) १ जना, सहायक प्रबन्धक (प्रशासन) ५ जना, सहायक प्रबन्धक (लेखा) ३ जना, सहायक प्रबन्धक […]

Sep 13, 2024 - 04:32
 0
नेपाल आयल निगममा जागिरको अवसर, कसरी दिने आवेदन ?

काठमाडौँ । नेपाल आयल निगमले जागिर खुलाएको छ । निगमले प्रबन्धकदेखि टेक्निसियनसम्मका लागि जागिर खुलाएको हो ।

आज (शुक्रबार) एक सूचना प्रकाशित गर्दै निगमले जागिर खुलाइएकोबारे जानकारी दिएको छ । निगमले प्रबन्धक (प्रशासन) १ जना, प्रबन्धक (मेकानिकल) १ जना, उपप्रबन्धक (सिए) १ जना, सहायक प्रबन्धक (प्रशासन) ५ जना, सहायक प्रबन्धक (लेखा) ३ जना, सहायक प्रबन्धक (मेकानिकल) १ जना र सहायक प्रबन्धक (सिभिल) १ जना माग गरेको छ ।

निगमले सहायक प्रबन्धक (इलेक्ट्रोनिकक्स एण्ड कम्युनिकेसन) १ जना, सहायक प्रबधन्धक (इन्भारोमेन्टल) १ जना, सहायक प्रबन्धक (ल्याब) २ जना र सहायक प्रबन्धक (कानून) १ जना मागेको छ ।

त्यस्तै, वरिष्ठ सहायक (प्रशासन) १ जना, वरिष्ठ सहायक (लेखा) ३ जना, वरिष्ठ सहायक (मेकानिकल) १ जना, वरिष्ठ सहायक (सिभिल) १ जना, वरिष्ठ सहायक (ल्याब) १ जना, वरिष्ठ सहायक (कम्प्युटर÷आई.टी) १ जना, सहायक (ल्याब) १ जना, सहायक (कम्प्युटर÷आई.टी) ३ जना र टेक्निसियन÷तह विहीनमा ४ जना कर्मचारी माग गरेको छ ।

निगमले माग गरेका विभिन्न पदमा जागिर खान इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना जारी भएको २१ दिनभित्र आवेदन दिनुपर्नेछ भने दोब्बर दस्तुरमा म्याद सकिएको मितिले ७ दिनभित्र दरखास्त फारम पेश गर्न सकिनेछ । आवेदन मार्फत https://erecruitment.nepaloil.org.np/users/login दिन सकिनेछ । यस्तो छ निगमले जारी गरेको रोजगारीसम्बन्धी सूचनाः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register