कोशी प्रदेश सरकार : आज ३ मन्त्री र १ राज्यमन्त्री पठाउँदै कांग्रेस

झापा, २८ भदौ । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकारमा हाल ३ मन्त्री र १ राज्यमन्त्री पठाउन लागेको बताउनुभयो । सदानन्द मण्डल, भूपेन्द्र राई र खगेनसिं हाङ्मामको नाम फाइनल भएको छ । राज्यमन्त्रीमा भने भूमिप्रसाद राजवंशीका नाम टुङ्गो लागेको छ । मन्त्री बन्न [...] The post कोशी प्रदेश सरकार : आज ३ मन्त्री र १ राज्यमन्त्री पठाउँदै कांग्रेस appeared first on Jhapa Online.

Sep 13, 2024 - 04:33
 0
कोशी प्रदेश सरकार : आज ३ मन्त्री र १ राज्यमन्त्री पठाउँदै कांग्रेस

झापा, २८ भदौ । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकारमा हाल ३ मन्त्री र १ राज्यमन्त्री पठाउन लागेको बताउनुभयो ।

सदानन्द मण्डल, भूपेन्द्र राई र खगेनसिं हाङ्मामको नाम फाइनल भएको छ । राज्यमन्त्रीमा भने भूमिप्रसाद राजवंशीका नाम टुङ्गो लागेको छ । मन्त्री बन्न लागेका राई कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहका हुन् भने मण्डल र हाङ्गाम संस्थापन समूहका हुन् । राज्यमन्त्री राजवंशी सिटौला समूहका हुन् ।

कांग्रेसले पाउने ४ मध्ये १ मन्त्री र १ राज्यमन्त्री भने डाक्टर शेखर कोइराला समूहलाई दिने तयारी छ । उक्त समूहबाट नाम नदिएको कारण खाली राखेरै मन्त्रीमण्डल विस्तार हुन लागेको हो । यसअघि नै एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्री लिने सहमति भएको थियो ।

कांग्रेसले पाउने भौतिक पूर्वाधार विकास मन्त्रालयमा भूपेन्द्र राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा हाङ्गाम र पर्यटन वन तथा वातावरण मन्त्रालयमा मण्डल मन्त्री बन्ने भएका छन् । स्वास्थ्य मन्त्रालयले भने तत्काल मन्त्री नपाउने भएको छ । राज्यमन्त्रीमा नियुक्त हुन लागेका राजवंशी पनि भौतिक पूर्वाधार विकास मन्त्रालयमै जिम्मेवारी पाउने छन् । नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आजै बिहान ९ः४५ बजेका लागि राखिएको छ ।

The post कोशी प्रदेश सरकार : आज ३ मन्त्री र १ राज्यमन्त्री पठाउँदै कांग्रेस appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register