प्रधानमन्त्री भन्छन्- हाम्रा खेल र खेलाडी अन्तर्राष्ट्रिय स्तरकै छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रमा नेपालले आफूलाई सुधार्दै लगेको बताएका छन् । शुक्रबार बिहान बालुवाटारमा आयोजित ‘सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “खेल क्षेत्रमा हामीले प्रगति गरेका छौँ । क्रिकेट, फूटबल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन हरेक खेलमा हामीले प्रगति गर्दै लगेका छौँ । मैले हाम्रा खेलाडीहरूको खेल पनि […]

Sep 13, 2024 - 06:32
 0
प्रधानमन्त्री भन्छन्- हाम्रा खेल र खेलाडी अन्तर्राष्ट्रिय स्तरकै छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रमा नेपालले आफूलाई सुधार्दै लगेको बताएका छन् । शुक्रबार बिहान बालुवाटारमा आयोजित ‘सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“खेल क्षेत्रमा हामीले प्रगति गरेका छौँ । क्रिकेट, फूटबल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन हरेक खेलमा हामीले प्रगति गर्दै लगेका छौँ । मैले हाम्रा खेलाडीहरूको खेल पनि हेरेको छु,” उनले भने ।

उनले नेपालका खेल र खेलाडी अन्तर्राष्ट्रिय स्तरकै रहेको बताए । “हाम्रा खेलहरूसँग मेरो आलोचनात्मक टिप्पणी के रहन्थ्यो भने खेलाडीहरू ढिला भए तर, अहिले त्यस्तो छैन । हाम्रो टिम हेर्दा अन्तर्राष्ट्रिय स्तरकै लाग्छ । हाम्रो खेल अन्तर्राष्ट्रिय स्तरकै छ,” उनले भने ।

प्रधानमन्त्री ओलीले अझ विभिन्न खेलहरूमा आफ्नो खेलविज्ञता विकास गर्नुपर्ने छ र सफलता हासिल गर्दै जानुपर्ने बताए ।

कार्यक्रममा पारालिम्पिकमा कास्यपदक विजेता पलेशा गोवर्धन सम्मानित भएकी थिइन् । प्रधानमन्त्री ओलीले पलेशाको प्रशंसा गर्दै सरकारले सम्मान गरेको बताए ।

“यस सम्मानबाट अरु पनि खेलाडीहरू उत्साहित हुनेछन् भन्ने विश्वास छ । यो एउटा सम्मान हो, शान हो । यो सम्मानको स्थानसम्म पुग्नका लागि आफ्नो मार्गदर्शन र सीपहरूबाट प्रशिक्षित गराउने कोच पनि धन्यवादका पात्र हुनुहुन्छ,” उनले भने ।

अगाडि उनले भने, “खेल क्षेत्र एउटा देश विशेषको कुरा हो, खेलले कुन देशले जित्यो भन्ने कुरा विश्वव्यापी रूपमा प्रचारित हुन्छ, कसले राम्रो खेल्यो भन्ने कुरा विश्वव्यापी रूपमा प्रचारित हुन्छ । पहिलो कुरा त सहभागिता नै सजिलो कुरा हुँदैन । तर, हाम्रो सहभागिता पहिलेदेखि नै छ ओलम्पिकमा । तर, यसपटक नयाँ खुड्किलो उक्लियौँ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register