सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौं । सत्तारूढ दलका नेताहरू सम्मिलित संयुक्त कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारको सरकारको न्यूनतम साझा कार्यक्रम बुझाएको छ । बुधबार प्रधानमन्त्री ओलीलाई बुझाइएको न्यूनतम साझा कार्यक्रम मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि सार्वजनिक गरिने नेताहरूले बताएका छन् । न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलमा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा कांग्रेसबाट महामन्त्री गगन थापा र […]

Sep 18, 2024 - 16:20
 0
सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौं । सत्तारूढ दलका नेताहरू सम्मिलित संयुक्त कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारको सरकारको न्यूनतम साझा कार्यक्रम बुझाएको छ ।

बुधबार प्रधानमन्त्री ओलीलाई बुझाइएको न्यूनतम साझा कार्यक्रम मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि सार्वजनिक गरिने नेताहरूले बताएका छन् । न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलमा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत सदस्य रहेका थिए ।

कार्यदलका सदस्य रहेका कांग्रेस महामन्त्री थापाले न्यूनतम साझा कार्यक्रममा अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारीको कार्यक्रम अघि बढाउने विषयलाई जोड दिइएको बताए । ‘मूलतः कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिसहमतिमा व्यक्त भएका प्रतिबद्धतालाई आधार बनाएका छौं,’ उनले भने ।

संविधान जोगाउँदै थप सुदृढ बनाउन संघीयता कार्यान्वयन, बाँकी कानुन तत्काल बनाउने लगायतका काममा जोड दिइएको उनले बताए । ‘जुनसुकै काण्डहरुको छानबिन गर्नेकुरामा हामीले जोड दिएका छौं,’ कांग्रेस महामन्त्री थापाले जिकिर गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register