कोशी प्रदेश सरकारमा कांग्रेसको इन्ट्री, तीन मन्त्री एक राज्यमन्त्रीले लिए सपथ

झापा, २८ भदौ । कोशी प्रदेश सरकारमा आज नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरुले सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री हिकमतकुमार कार्कीले आज मन्त्री मण्डल विस्तार गरेसँगै उनीहरुले सपथ ग्रहण गरेका हुन् । नेपाली काँग्रेससँग आवद्ध तिन मन्त्री तथा एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । मन्त्रीहरूमा भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा भुपेन्द्र राई, उद्योग, कृषि तथा [...] The post कोशी प्रदेश सरकारमा कांग्रेसको इन्ट्री, तीन मन्त्री एक राज्यमन्त्रीले लिए सपथ appeared first on Jhapa Online.

Sep 13, 2024 - 07:17
 0
कोशी प्रदेश सरकारमा कांग्रेसको इन्ट्री, तीन मन्त्री एक राज्यमन्त्रीले लिए सपथ

झापा, २८ भदौ । कोशी प्रदेश सरकारमा आज नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरुले सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री हिकमतकुमार कार्कीले आज मन्त्री मण्डल विस्तार गरेसँगै उनीहरुले सपथ ग्रहण गरेका हुन् ।

नेपाली काँग्रेससँग आवद्ध तिन मन्त्री तथा एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । मन्त्रीहरूमा भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा भुपेन्द्र राई, उद्योग, कृषि तथा सहकारी मन्त्रीमा खगेनसिंह हाङगाम, पर्यटन वन तथा वातावरण मन्त्रीमा सदानन्द मण्डल र भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्रीमा भूमि प्रसाद राजवंशी रहेका छन् ।
a
प्रदेश प्रमुखको कार्यालयमा आज एक कार्यक्रमका बीच नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री हिकमतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो । यो सहित कोशी प्रदेशमा मन्त्रीमण्डलको सङ्ख्या दश पुगेको छ । कोशी प्रदेश सरकारमा अब स्वाथ्यमन्त्री र एक राज्यमन्त्री नियुक्त हुन बाँकी छ ।

The post कोशी प्रदेश सरकारमा कांग्रेसको इन्ट्री, तीन मन्त्री एक राज्यमन्त्रीले लिए सपथ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register