शिवसताक्षीमा भव्य तीज कार्यक्रम

शिवसताक्षी, १५ भदौ । झापाको शिवसताक्षी वडा नं. ४ का दिदीबहिनीहरुले तीज मनाएका छन् । शिवसताक्षी नगरपालिका वडा न ४ को आयोजनामा रंगेयाथन बजारमा आज भव्य रुपमा तीज कार्यक्रम गरिएको हो । तीज कार्यक्रमको उद्घाटन झापा क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बुले गरेका छन् । उद्घाटनका क्रममा बोल्दै सांसद साँवाले नेपाल सांस्कृतिक [...] The post शिवसताक्षीमा भव्य तीज कार्यक्रम appeared first on Jhapa Online.

Aug 31, 2024 - 15:34
 0
शिवसताक्षीमा भव्य तीज कार्यक्रम

शिवसताक्षी, १५ भदौ । झापाको शिवसताक्षी वडा नं. ४ का दिदीबहिनीहरुले तीज मनाएका छन् । शिवसताक्षी नगरपालिका वडा न ४ को आयोजनामा रंगेयाथन बजारमा आज भव्य रुपमा तीज कार्यक्रम गरिएको हो ।

तीज कार्यक्रमको उद्घाटन झापा क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बुले गरेका छन् । उद्घाटनका क्रममा बोल्दै सांसद साँवाले नेपाल सांस्कृतिक धार्मिक पर्वहरुको धनी रहेको बताए । हरितालिका तीजलाई मौलिक पर्वको रुपमा विकास गर्दै आफ्नो गच्छे अनुसार मनाउन सांसद साँवाले सबैलाई शुभकामना दिएका थिए । यो पर्व एउटा संस्कृतिसँग जोडिएको छ । अहिले पहिलेको जस्तो दुःख छैन । उनले भने, त्यसैले त यस्ता सांस्कृतिक पर्वहरु सहज तरिकाले सामुहिक मनाउने प्रचलन बढ्दै गएको छ । यो सकारात्मक पक्ष हो ।

त्यस्तै शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले मानिसको अवस्था फेरिएसँगै परिस्थितिले साथ दिदा आज यति ठूलो समूहमा सांस्कृतिक पर्व मनाउन पाएको बताए । पहिले माइतीहरुले आफ्ना दिदीबहिनीहरुलाई बोलाएर घरमा भेला भई तीज मनाउने चलन थियो । तर आज यसरी सामुहिक रुपमा तीज कार्यक्रम मनाएर सबै जाति भाषा, धर्मालम्बीहरुले साझा पर्वको रुपमा मनाउन थालिएको जानकारी दिए । तीज पर्वलाई एउटा सभ्य र तडभडक नगरीकन मनाउन सुझाउँदै सबैलाई शुभकामना दिएका थिए ।

वडाध्यक्ष विष्ण्ुा प्रसाईले वडाका सबै महिला दिदीबहिनीहरुलाई एक अर्काप्रति आत्मियता बढाउन एकै ठाउँमा भेला गरी तीजको कार्यक्रम राखिएको जानकारी दिए । उनले नेपाली नारीहरुको चाडलाई भव्य रुपले मनाउन सबैलाई आग्रह गरेका थिए । कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रशासन प्रमुख डिल्ली नेपाल, समाजसेवी निशा लिम्बु लगायतले शुभकामना राखेका थिए ।

कार्यक्रममा आउने सबै महिला दिदीबहिनीहरुलाई दरको रुपमा खिर पकाएर खुवाइएको थियो भने, करिब ५ सय महिला दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।

The post शिवसताक्षीमा भव्य तीज कार्यक्रम appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register