सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब फलोअर्स नाघे

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्ट गरेर एक अर्ब फलोअर्स नाघेका हुन् । हालै युट्युबमा आएका रोनाल्डोले कैयौं किर्तिमान तोड्दै अहिलेसम्म ६ करोड भन्दा बढी फलोअर्स बनेका छन् । रोनाल्डो सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा बढी फलो गरिने व्यक्ति हुन् । उनको इन्स्टाग्राममा मात्र ६३ […]

Sep 13, 2024 - 10:42
 0
सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब फलोअर्स नाघे

काठमाडौं ।

क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्ट गरेर एक अर्ब फलोअर्स नाघेका हुन् ।

हालै युट्युबमा आएका रोनाल्डोले कैयौं किर्तिमान तोड्दै अहिलेसम्म ६ करोड भन्दा बढी फलोअर्स बनेका छन् ।

रोनाल्डो सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा बढी फलो गरिने व्यक्ति हुन् । उनको इन्स्टाग्राममा मात्र ६३ करोड ८० लाख अर्थात ६३८ मिलियन फलोअर्स रहेका छन् । उनका फेसबुक, एक्ससहितका सबै च्यानल गरेर एक अर्ब फलोअर्स पुगेका हुन् ।

यस अवसरमा रोनाल्डोले सबै मिलेर इतिहास बनाएको उल्लेख गर्दै पोर्चुगलको मादेरियाबाट विश्वको यस स्टेजसम्म आइपुग्दा आफु सधै आफ्नो परिवार र आफुलाई माया गर्ने फ्यानहरुको लागि खेलिरहेको बताएका छन् ।

साथै उनले अबको यात्रा पनि सबै एक अर्ब फलोअर्ससँग साथमा गर्ने उल्लेख गर्दै आफ्नो उत्कृष्ट खेल आउन अझै बाँकी रहेको बताएका छन् ।

आगामी फेब्रुअरीमा ४०औ जन्मदिन मनाउने तयारी गरिरहेका रोनाल्डोले आफुलाई पोर्चुगल र आफु खेल्ने क्लबका लागि सधै उपलब्ध गराउदै आएका छन् । उनी विश्वमा अहिलेसम्म सबैभन्दा बढी ९०१ गोल गर्ने खेलाडी हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register