चेम्बर अफ कमर्सले स्टार्टअप उद्यमशीलता कार्यका लागि सहयोग गर्ने

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उद्यमशीलता कार्यका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इनोभेसन समिति र अन्नपूर्ण मिडिया नेटवर्कबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा स्टार्टअप उद्यमशीलता विकास गर्ने सम्बन्धमा सहकार्यको सम्झौता भएको हो । सम्झौतापत्रमा चेम्बर इनोभेसन समितिका सभापति पंकज जालान र अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक […]

Sep 13, 2024 - 10:40
 0
चेम्बर अफ कमर्सले स्टार्टअप उद्यमशीलता कार्यका लागि सहयोग गर्ने

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उद्यमशीलता कार्यका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इनोभेसन समिति र अन्नपूर्ण मिडिया नेटवर्कबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा स्टार्टअप उद्यमशीलता विकास गर्ने सम्बन्धमा सहकार्यको सम्झौता भएको हो ।

सम्झौतापत्रमा चेम्बर इनोभेसन समितिका सभापति पंकज जालान र अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले हस्ताक्षर गरेका छन् । चेम्बरले युवा उद्यमशीलता सम्बन्धी संजाल विस्तार गर्ने, कानूनी सहायता र लगानीका लागि सहजीकरण गर्ने र यसका लागि अन्नपूर्ण मिडिया नेटवर्कका विभिन्न सञ्जालमा प्रचार प्रसार गर्ने सम्बन्धमा सहमति भएको छ ।

सो कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप उद्यमशीलता विकास कार्यक्रम परिणाममुखी हुनुपर्नेमा जोड दिएका छन् । युवाहरूलाई स्वदेशमै उद्यमी बनाउन एवं रोजगरी सिर्जना गर्न चेम्बरले स्टार्टअफ एण्ड इनोभेसन समिति मार्फत काम गरिरहेको अग्रवालले बताए ।

स्टार्टअप एण्ड इनोभेसन समितिका सभापति पङ्कज जालानले युवा उद्यमशीलता विकासका लागि अभियान चलाउने र युवाहरूलाई समितिका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register