योगी र बिसीको ‘साहिँला दाइ’ सार्वजनिक

काठमाडौं । संचारकर्मी तथा गीतकार शिवराज योगीको ‘साहिँला दाइ’ बोलको गीत सार्वजनिक भएको छ । कोरोना कालमा संगीतकार भिम बिसीसँगको सहकार्यमा ‘ऐना हेरी हेरी’ बोलको गीत रचना गरेका योगीले ‘साहिँला दाइ’ पनि बिसीसँगै सहकार्य गरेका हुन् । गीतको भिडियोमा क्रिस बम र निरुता विष्टको अभिनय रहेको छ । हरिभक्त बुढाथोकीको प्रस्तुति रहेको ‘साहिँला दाइ’ गीतको […]

Sep 13, 2024 - 11:36
 0
योगी र बिसीको ‘साहिँला दाइ’ सार्वजनिक

काठमाडौं । संचारकर्मी तथा गीतकार शिवराज योगीको ‘साहिँला दाइ’ बोलको गीत सार्वजनिक भएको छ ।

कोरोना कालमा संगीतकार भिम बिसीसँगको सहकार्यमा ‘ऐना हेरी हेरी’ बोलको गीत रचना गरेका योगीले ‘साहिँला दाइ’ पनि बिसीसँगै सहकार्य गरेका हुन् ।

गीतको भिडियोमा क्रिस बम र निरुता विष्टको अभिनय रहेको छ ।

हरिभक्त बुढाथोकीको प्रस्तुति रहेको ‘साहिँला दाइ’ गीतको भिडियो निर्देशन तथा निर्माण विक्रम चौहानले गरेका हुन् । प्रकाश खड्काले खिचेको भिडियो सम्पादन मीन रावलले गरेका हुन् ।

विश्व अधिकारीको एरेन्ज, सुमन र खुमन रानाले रेकर्ड गरेको म्युजिक भिडियोको मिक्सिड कुमार रानाले गरेका हुन् । गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register