उपसभामुखबारे एमाले- संसद्ले जे गर्छ, त्यसमा पूर्ण समर्थन गर्छौँ

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) ले उपसभामुख इन्दिरा रानामाथि उठेका प्रश्नमा स्वयम् रानाले नै स्पष्ट पार्नुपर्ने बताएको छ । शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् । “यो संसद्को मामिलाको कुरा हो, संसद्लाई कसरी मर्यादित बनाउने भन्ने कुराचाहिँ संसदीय दल र संसद्ले गर्ने काम हो । त्यहाँ पार्टीको पूर्ण समर्थन […]

Sep 13, 2024 - 12:52
 0
उपसभामुखबारे एमाले- संसद्ले जे गर्छ, त्यसमा पूर्ण समर्थन गर्छौँ

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) ले उपसभामुख इन्दिरा रानामाथि उठेका प्रश्नमा स्वयम् रानाले नै स्पष्ट पार्नुपर्ने बताएको छ ।

शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् । “यो संसद्को मामिलाको कुरा हो, संसद्लाई कसरी मर्यादित बनाउने भन्ने कुराचाहिँ संसदीय दल र संसद्ले गर्ने काम हो । त्यहाँ पार्टीको पूर्ण समर्थन रहन्छ,” उनले भने ।

अगाडि उनले भने, “एमालेको मान्यता उहाँमाथि उठेका प्रश्नहरूको बारेमा उहाँको पार्टी र उहाँ आफैँले स्पष्ट गर्नुपर्छ भन्ने हो । वास्तवमा उहाँबारे जे कुरा बाहिर आएका छन्, ती सत्य हुन् भने उहाँ त्यो पदका लागि उपयुक्त होइन भन्ने कुरा स्पष्टै छ । यद्यपि जसरी अहिले बाहिर चर्चामा आएको छ, त्यो हिसाबले के गर्ने भन्नेबारे निष्कर्षमा पुगिसकेका छैनौँ ।”

संसद्‌मा भने एमाले सांसदहरूले उपसभामुख रानाको राजीनामा नै माग गरेका छन् । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले त राजीनामा मागिसकेको छ । सत्तारूढ गठबन्धनमा रहेका अन्य साना दलहरूले पनि कांग्रेस-एमालेकै मागलाई सदर मानेका छन् ।

यता प्रमुख प्रतिपक्ष दल दल नेकपा (माओवादी केन्द्र), विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायतले भने त्यसको प्रतिवाद गरेका छन् । उपसभामुख रानाले पनि कांग्रेस-एमालेले भन्दैमा आफूले राजीनामा नदिने अडान कसेकी छन् ।

  • सम्बन्धित समाचार

एमालेको ‘मिसन ८४’ अभियान: सबै सदस्यले हरेक वर्ष एउटा कक्षा लिनैपर्ने

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register