एकादशी र औँसीमा पशुपन्क्षी बध गर्न नगरपालिकाले लगायो रोक

पाल्पा । रामपुर नगरपालिकाभित्र औँसी र एकादशीका दिन पशुपन्क्षी बध गर्न नपाइने भएको छ । धार्मिक आस्था, परम्परा तथा स्वास्थ्यका लागि उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै धार्मिक सहिष्णुता र सद्भाव कायम राखी धार्मिक आस्थामा असर नपुर्‍याउने उद्देश्यसहित औँसी र एकादशीका दिन पशुपन्क्षी बध नगर्न अनुरोध गरेको छ । […]

Sep 13, 2024 - 12:48
 0
एकादशी र औँसीमा पशुपन्क्षी बध गर्न नगरपालिकाले लगायो रोक

पाल्पा । रामपुर नगरपालिकाभित्र औँसी र एकादशीका दिन पशुपन्क्षी बध गर्न नपाइने भएको छ । धार्मिक आस्था, परम्परा तथा स्वास्थ्यका लागि उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै धार्मिक सहिष्णुता र सद्भाव कायम राखी धार्मिक आस्थामा असर नपुर्‍याउने उद्देश्यसहित औँसी र एकादशीका दिन पशुपन्क्षी बध नगर्न अनुरोध गरेको छ ।

“औँसी र एकादशीका दिनमा पशुपन्क्षी बध नगर्दा धार्मिक सहिष्णुता र सद्भाव पनि कायम हुने, धार्मिक आस्थामा कुनै असर नपर्ने र स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुने भएकाले उक्त दिनमा पशुपन्क्षी बध नगर्न/नगराउन यो सूचना प्रकाशन गरिएको छ”, सूचनामा भनिएको छ ।

नगर प्रमुख रमणबहादुर थापाले एकादशी र औँसीको दिन धार्मिक साँस्कृतिक परम्परा अनुसार पशुपन्क्षी बध गर्न नहुने भएकाले सोही धार्मिक मान्यतालाई निरन्तरता दिनका लागि सो दिन बध नगर्न नगरवासीलाई आग्रह गरिएको बताए ।

उनका अनुसार एकादशी र औँसीमा पशुपन्क्षी बध गर्दा धार्मिक आस्थामा असर पुगेको नगरवासीबाट गुनासो आएपछि नगरपालिकाले बध नगर्ने निर्णय गरेको हो ।

नगरपालिकाको निर्णय र सूचनालाई बेवास्ता गरी एकादशी र औँसीमा पशुपन्क्षी बध गरेको पाइएमा कारबाही गरिने नगरपालिकाले जनाएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register