रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक केन्द्रीय कार्यालय, वनस्थलिमा दिउँसो १ बजे बस्नेछ । कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकमा ९ वटा एजेन्डाहरू छन् । एजेन्डाहरूमा समसामयिक राजनीति, आर्थिक र सामाजिक गतिविधिबारे छलफल, राष्ट्रिय भेलामा सहभागिताका लागि आएका प्रतिनिधिको नाम र रिपोर्ट र व्यवस्थापनलगायतका छन् । यस्तै राष्ट्रिय भेलामा […]

Sep 14, 2024 - 05:40
 0
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक केन्द्रीय कार्यालय, वनस्थलिमा दिउँसो १ बजे बस्नेछ ।

कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकमा ९ वटा एजेन्डाहरू छन् ।

एजेन्डाहरूमा समसामयिक राजनीति, आर्थिक र सामाजिक गतिविधिबारे छलफल, राष्ट्रिय भेलामा सहभागिताका लागि आएका प्रतिनिधिको नाम र रिपोर्ट र व्यवस्थापनलगायतका छन् ।

यस्तै राष्ट्रिय भेलामा प्रस्तुत हुने प्रतिवेदनहरू प्रस्ताव र आवश्यक छलफल गरिने, जिल्ला भेला र जिल्ला समिति गठनबारे छलफल गरिने, विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र आवश्यक छलफल गर्ने, प्रस्तावित नियमावली र कार्यविधिहरू सम्बन्धमा र अन्य विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको कार्यवाहक महामन्त्री बुर्लाकोटीले बताए ।

रास्वपाले असोज १ र २ गते राष्ट्रिय भेलाको आयोजना गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register