पत्रकार महासङ्घको चुनाव असोज १२ गते हुने

काठमाडौँ। नेपाल पत्रकार महासंघले केन्द्रीय, प्रदेश र शाखा समितिहरुको निर्वाचन आगामी असोज १२ गते गर्ने भएको छ । यही असोज ५ गतेका लागि तय भएको निर्वाचन अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि प्रभावित भएको थियो । कार्यवाहक अध्यक्ष रमेश विष्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन असोज १२ गते शनिबार गर्ने गरी सम्पूर्ण तयारी गर्न निर्वाचन […]

Sep 14, 2024 - 05:30
 0
पत्रकार महासङ्घको चुनाव असोज १२ गते हुने

काठमाडौँ।

नेपाल पत्रकार महासंघले केन्द्रीय, प्रदेश र शाखा समितिहरुको निर्वाचन आगामी असोज १२ गते गर्ने भएको छ । यही असोज ५ गतेका लागि तय भएको निर्वाचन अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि प्रभावित भएको थियो ।

कार्यवाहक अध्यक्ष रमेश विष्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन असोज १२ गते शनिबार गर्ने गरी सम्पूर्ण तयारी गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी दिएका हुन् ।

महासंघले शुक्रबार नै सम्पूर्ण मतदाताको नामावलीसमेत निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register