फर्सीको जुस पिउँदा शरीरलाई हुन्छ धेरै फाइदा

काठमाडौं । फर्सी तपाईंलाई पनि मन पर्छ होला । यो स्वादमा हल्का गुलियो हुन्छ । यो स्वादमा मीठो हुन्छ साथै पोषक तत्त्वहरूबाट पनि भरिपूर्ण हुन्छ । यसलाई तपाईं तरकारीको रूपमा मात्र नभई जुस बनाएर पनि सेवन गर्न सक्नुहुन्छ । यसलाई बनाउने तरिकाबारे जानौँ । फर्सीको जुस बनाउने तरिका यसलाई बनाउनका लागि २ कप फर्सी (काटिएको), […]

Sep 14, 2024 - 11:56
 0
फर्सीको जुस पिउँदा शरीरलाई हुन्छ धेरै फाइदा

काठमाडौं । फर्सी तपाईंलाई पनि मन पर्छ होला । यो स्वादमा हल्का गुलियो हुन्छ । यो स्वादमा मीठो हुन्छ साथै पोषक तत्त्वहरूबाट पनि भरिपूर्ण हुन्छ । यसलाई तपाईं तरकारीको रूपमा मात्र नभई जुस बनाएर पनि सेवन गर्न सक्नुहुन्छ । यसलाई बनाउने तरिकाबारे जानौँ ।

फर्सीको जुस बनाउने तरिका

यसलाई बनाउनका लागि २ कप फर्सी (काटिएको), काटिएको पुदिनाको पात (आवश्यकताअनुसार), स्वादअनुसार बिरेनुन (वैकल्पिक), १/३ चम्चा कालो मरीच पाउडर, १ कागतीको रस र आवश्यकताअनुसार पानी चाहिन्छ ।

सबैभन्दा पहिले फर्सीलाई राम्रोसँग धोएर काट्नुहोस् । अब काटिएको फर्सीका टुक्राहरू र पुदिनाको पातहरू मिक्स्चरमा राखेर पिस्नुहोस् । अब यसमा बिरेनुन, कालो मरीच र आवश्यकताअनुसार पानी राखेर मिलाउनुहोस् । अन्त्यमा कागतीको रस मिसाएर पिउनुहोस् ।

यसलाई पिउँदा शरीर हाइड्रेट र चिसो रहन्छ । तपाईंको तौल नियन्त्रणमा हुन्छ र पाचन शक्ति बलियो रहन्छ । ब्लड प्रेसरका र मुटुको स्वास्थ्यको लागि पनि फर्सीको जुस फाइदाजनक हुन्छ । उसका साथै फर्सीको जुसले तपाईंको ऊर्जा स्तरलाई बूस्ट गर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register