‘फ्लाइ टू थाइल्याण्ड विथ एयर एशिया’ मार्फत् राउण्ड–ट्रिप टिकट जित्न सकिने

काठमाडौं । एयर एशियाले आगामी अक्टोबर २ बाट उडान सञ्चालनमा आउनुअघि नेपालमा एक्टिभेसन सुरु गरेको छ । पहिलो एक्टिभेसन कार्यक्रम शुक्रबार राजधानीको छाया सेन्टरमा गरिएको हो  ।  एयरलाइन्सका अनुसार कार्यक्रमले सहभागीहरुलाई आकर्षित गरेको  छ । एयर एशियाले मानिसहरुलाई आकर्षित गर्न ‘फ्लाइ टू थाइल्याण्ड विथ एयर एशिया’ प्रतियोगिता पनि ल्याएको छ । यो प्रतियोगिताले नेपाली यात्रुलाई […]

Sep 13, 2024 - 16:24
 0
‘फ्लाइ टू थाइल्याण्ड विथ एयर एशिया’ मार्फत् राउण्ड–ट्रिप टिकट जित्न सकिने

काठमाडौं । एयर एशियाले आगामी अक्टोबर २ बाट उडान सञ्चालनमा आउनुअघि नेपालमा एक्टिभेसन सुरु गरेको छ ।

पहिलो एक्टिभेसन कार्यक्रम शुक्रबार राजधानीको छाया सेन्टरमा गरिएको हो  ।  एयरलाइन्सका अनुसार कार्यक्रमले सहभागीहरुलाई आकर्षित गरेको  छ ।

एयर एशियाले मानिसहरुलाई आकर्षित गर्न ‘फ्लाइ टू थाइल्याण्ड विथ एयर एशिया’ प्रतियोगिता पनि ल्याएको छ । यो प्रतियोगिताले नेपाली यात्रुलाई थाइल्याण्डको निःशुल्क राउण्ड–ट्रिप टिकट जित्ने अवसर पनि प्रदान गरेको छ ।

एयर एशियाले काठमाडौं–बैंकक रुटको प्रवर्द्धनात्मक दर रु. नौ हजार ९९० बाट सुरु गरेको थियो । यात्रुले बैंककबाट एयर एशियामार्फत १३० भन्दा बढी देशमा यात्रा गर्न सक्ने एयरलाइन्सले जनाएको छ।

यसअघि केएल टावर, सिभिल मल, लबिम मलमा  कार्यक्रम आयोजना गरिएको थियो  । उक्त  कार्यक्रममा रमाइला खेल र अन्य गतिविधि संचालन गरिएको आयोजकले जनाएको छ ।

सहभागीलाई आकर्षक फ्ल्यास मव नृत्य प्रदर्शन गर्नुका साथै उपहारहरु प्रदान गरिएको थियो ।  सो अवसरमा सहभागीले एयरलाइन्ससँग प्रश्न सोध्न र सेवाहरुका बारेमा जानकारी लिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register