समर्पण पुस्तक पसलद्वारा ‘म पनि पढ्छु र अघि बढ्छु’ कार्यक्रम सम्पन्न

काठमाडौं । समर्पण पुस्तक पसलले ‘म पनि पढ्छु र अघि बढ्छु’ कार्यक्रम सम्पन्न गरेको छ । भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा पुस्तक पसलले विद्यार्थी लक्षित ‘म पनि पढ्छु र अघि बढ्छु’ कार्यक्रम अन्तर्गत विद्यार्थीका अनुभव सुन्ने र सुनाउने कार्यक्रम सम्पन्न गरेको हो । पसलका सञ्चालक डिल्लीराज ओझा समर्पणका अनुसार कार्यक्रममा कक्षा ८ मा […]

Sep 15, 2024 - 07:44
 0
समर्पण पुस्तक पसलद्वारा ‘म पनि पढ्छु र अघि बढ्छु’ कार्यक्रम सम्पन्न

काठमाडौं । समर्पण पुस्तक पसलले ‘म पनि पढ्छु र अघि बढ्छु’ कार्यक्रम सम्पन्न गरेको छ । भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा पुस्तक पसलले विद्यार्थी लक्षित ‘म पनि पढ्छु र अघि बढ्छु’ कार्यक्रम अन्तर्गत विद्यार्थीका अनुभव सुन्ने र सुनाउने कार्यक्रम सम्पन्न गरेको हो ।

पसलका सञ्चालक डिल्लीराज ओझा समर्पणका अनुसार कार्यक्रममा कक्षा ८ मा अध्यनरत विद्यार्थीहरुले  पुस्तक पढेपछि  आफुलाई लागेका अनुभव र अनुभूति प्रस्तुत गरेका थिए । बालबालिकाहरुले आफुले हालसालै पढेको पुस्तक कस्तो लाग्यो भन्ने बारे पाठकिय दृष्टिकोण राखेर थिए ।

कार्यक्रममा विभिन्न विद्यालयमा अध्यापनरत शिक्षक-शिक्षिका, विद्यार्थीहरु, साहित्यकार र पुस्तक प्रेमीहरुको सहभागिता रहेको  थियो ।

कार्यक्रमका अवसरमा पसलमा उपलब्ध रहेका जुनसुकै साहित्यिक पुस्तक १/१ प्रती सहभागी विद्यार्थीहरुलाई उपहार स्वरुप रोजेर लिने व्यवस्था गरिएको थियो ।

सुदूरपश्चिममा पछिल्लो समय समर्पण पुस्तक पसलले पाठक वर्गलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । पुस्तक पसलका संचालक ओझाले अब हरेक महिनाको अन्त्यतिर समर्पण पुस्तक पसले एउटा साहित्यिक कार्यक्रमको आयोजना गर्ने समेत बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register