अमेरिकाबाट काठमाडौं फर्किएका व्यक्ति एअरपोर्टबाटै बेपत्ता, झोला भेटियो मान्छे कहाँ गए ?

काठमाडौं । अमेरिकाबाट काठमाडौं आएका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बेपत्ता भएका छन् । दुबई ट्रान्जिट भएर हिमालयन एअरलाइन्समार्फत शनिबार राति काठमाडौं ओर्लिएका पर्वत पैंयू १ का ७६ वर्षीय दण्डपाणि भुसाल हराएका हुन् । राति १०ः२५ बजेदेखि एअरपोर्टबाट सम्पर्कबिहिन भएका भुसालका ज्वाईं मधु वस्तीले बताए । विमानस्थलमा ओर्लेपछि भिडिओ कल समेत भएको र त्यसपछि भुसाल […]

Sep 15, 2024 - 08:32
 0
अमेरिकाबाट काठमाडौं फर्किएका व्यक्ति एअरपोर्टबाटै बेपत्ता, झोला भेटियो मान्छे कहाँ गए ?

काठमाडौं । अमेरिकाबाट काठमाडौं आएका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बेपत्ता भएका छन् ।

दुबई ट्रान्जिट भएर हिमालयन एअरलाइन्समार्फत शनिबार राति काठमाडौं ओर्लिएका पर्वत पैंयू १ का ७६ वर्षीय दण्डपाणि भुसाल हराएका हुन् ।

राति १०ः२५ बजेदेखि एअरपोर्टबाट सम्पर्कबिहिन भएका भुसालका ज्वाईं मधु वस्तीले बताए ।

विमानस्थलमा ओर्लेपछि भिडिओ कल समेत भएको र त्यसपछि भुसाल बेपत्ता भएको वस्तीले बताए ।

राति १०ः२५ बजे विमानस्थलबाट बाहिर निस्केको सीसी क्यामेरामा समेत देखिएको छ ।
त्यहाँबाट कता गए भन्ने पत्तो लागेको छैन ।

जानकारका अनुसार विमानस्थलबाट बाहिर निस्केपछि झोला छुट्यो भन्दै भित्र लिन गएका थिए । उनको झोला कागजात भने भेटिएको छ । लेखपढ गर्न नजान्ने भुसाल हराएपछि आफन्तले प्रहरी वृत्त गौशालामा निवेदन दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register