पारिश्रमिक नपाएपछि तोडफोडमा उत्रिए मजदुर, अपर त्रिशूलीको काम अवरुद्ध

नुवाकोट । ज्याला तथा पारिश्रमिक नपाउँदा अपर त्रिशूली हाइड्रोका मजदुरहरू तोडफोडमा उत्रिएका छन् । मजदुरले तोडफोड सुरु गरेसँगै रसुवाको मैलुङमा निर्माणाधीन २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण कार्य अवरुद्ध भएको छ । निर्माणाधीन उक्त आयोजनामा कार्यरत मजदुरहरूले ज्याला तथा पारिश्रमिकको विषयलाई लिएर शनिबार कार्यालय र कम्पनीको गाडी तोडफोड गरेसँगै निर्माण कार्य रोकिएको हो । आयोजनाको […]

Sep 15, 2024 - 09:16
 0
पारिश्रमिक नपाएपछि तोडफोडमा उत्रिए मजदुर, अपर त्रिशूलीको काम अवरुद्ध

नुवाकोट । ज्याला तथा पारिश्रमिक नपाउँदा अपर त्रिशूली हाइड्रोका मजदुरहरू तोडफोडमा उत्रिएका छन् । मजदुरले तोडफोड सुरु गरेसँगै रसुवाको मैलुङमा निर्माणाधीन २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण कार्य अवरुद्ध भएको छ ।

निर्माणाधीन उक्त आयोजनामा कार्यरत मजदुरहरूले ज्याला तथा पारिश्रमिकको विषयलाई लिएर शनिबार कार्यालय र कम्पनीको गाडी तोडफोड गरेसँगै निर्माण कार्य रोकिएको हो ।

आयोजनाको मुख्य प्रवर्द्धक कोरियन कम्पनी कोरिया इनर्जीको ९० प्रतिशत लगानीमा निर्माण भइरहेको आयोजनाको ठेकेदार तथा सब कन्ट्याक्टर कम्पनी पावर चाइनाले पारिश्रमिक र सेवा सुविधा अनपेक्षित रूपमा घटाएको भन्दै मजदुरहरू तोडफोडमा उत्रिएका हुन् ।

आधारभूत तलब १५ हजार ५ सय ५० रुपैयाँ भुक्तानी गर्दै आइरहेको पावर चाइना कम्पनीले तलब १२ हजार ८ सयका दरले भुक्तानी गरेपछि मजदुरहरूले असन्तुष्टि जनाएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register