शिशिर खनाल भन्छन् – रविजीले क्लीन चिट पाउनुभयो
काठमाडौं । सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिका सदस्य शिशिर खनालले सभापति रवि लामिछानेले क्लीनचिट पाएको बताएका छन् । सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । रविले क्लीन चिट पाउनुभएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘जुन आरोप उहाँलाई लगाइएको थियो, हामीसित हिनामिनाको तथ्यप्रमाण छ भनिएको थियो, त्यसबाट पूर्णरुपमा क्लीनचिट पाउनुभएको छ […]
काठमाडौं । सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिका सदस्य शिशिर खनालले सभापति रवि लामिछानेले क्लीनचिट पाएको बताएका छन् ।
सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
रविले क्लीन चिट पाउनुभएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘जुन आरोप उहाँलाई लगाइएको थियो, हामीसित हिनामिनाको तथ्यप्रमाण छ भनिएको थियो, त्यसबाट पूर्णरुपमा क्लीनचिट पाउनुभएको छ ।’
लामिछानेले सहकारीको रकम हिनामिना नगरेको निष्कर्ष प्रतिवेदनले निकालेको खनालले बताए ।
उनले भने, ‘समितिको छानबिनमा सहकारीबाट पैसा निकाल्न कुनै पनि हिसाबले रवि लामिछानेको भूमिका देखिएन । जीवी राईसहित सहकारीका सञ्चालकहरुको योजनामा निर्देशनमा पैसा गएको देखिन्छ । जुन आधारमा समिति बनाइएको थियो, त्यो आधार नै यो समितिको तथ्यले प्रमाणित गरेन ।’
सहकारीबाट जीवी राईले गोर्खा मिडियामा ल्याएको रकम खर्च गर्ने सवालमा मात्रै लामिछाने जिम्मेवार देखिएको उनको भनाइ छ ।
What's Your Reaction?