सामान्य विवादमा धनकुटामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

धनकुटा । सामान्य विवादमा धनकुटाको महालक्ष्मी नगरपालिका–१ स्थित कटहरेमा एक व्यक्तिले खुकुरीले हानेर श्रीमतीको हत्या गरेका छन् । स्थानीय २९ वर्षीया विजय दर्जीले २५ वर्षीया श्रीमती सरिता दर्जीको गएराति करिब ११ बजे हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमान्‌ले खुकुरी प्रहार गरेर घाइते भएकी श्रीमती सरिताको आइतबार बिहान करिब ४ बजे जिल्ला अस्पताल धनकुटामा उपचारका […]

Sep 15, 2024 - 09:16
 0
सामान्य विवादमा धनकुटामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

धनकुटा । सामान्य विवादमा धनकुटाको महालक्ष्मी नगरपालिका–१ स्थित कटहरेमा एक व्यक्तिले खुकुरीले हानेर श्रीमतीको हत्या गरेका छन् ।

स्थानीय २९ वर्षीया विजय दर्जीले २५ वर्षीया श्रीमती सरिता दर्जीको गएराति करिब ११ बजे हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमान्‌ले खुकुरी प्रहार गरेर घाइते भएकी श्रीमती सरिताको आइतबार बिहान करिब ४ बजे जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

प्रारम्भिक जानकारीअनुसार सामान्य घरझगडा भएको कारण खुकुरी प्रहार भएको उनले बताए ।

विजयले श्रीमतीलाई आक्रमण गरेपछि आफैँलाई पनि खुकुरीले हानेका थिए । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । की दर्जीका ५ र ११ वर्षका दुई छोरी रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register