सेयर बजारमा ५० अंकको गिरावट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा ५० अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ५० दशमलव ७३ अंकले घटेर २६३७ दशमलव ७९ को विन्दुमा पुगेको छ । आज ३२४ कम्पनीका १ लाख १९ हजार ७ सय ३९ पटकको कारोबारमा २ करोड ४८ लाख ४६ हजार ७ सय ८२ कित्ता सेयर खरिद […]

Sep 15, 2024 - 10:40
 0
सेयर बजारमा ५० अंकको गिरावट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा ५० अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ५० दशमलव ७३ अंकले घटेर २६३७ दशमलव ७९ को विन्दुमा पुगेको छ ।

आज ३२४ कम्पनीका १ लाख १९ हजार ७ सय ३९ पटकको कारोबारमा २ करोड ४८ लाख ४६ हजार ७ सय ८२ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९ सय ५७ रुपैयाँको कारोबार भएको छ।

२१९ कम्पनीको सेयर मूल्य घट्दा २४ कम्पनीको मूल्य बढेको छ भने एउटा कम्पनी स्थिर रहेको छ । १३ वटै उपसमूह राताम्मे हुँदा जीवन बीमा र निर्जीवन बीमा सर्वाधिक घटेका छन् । तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा सीइडीबी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register