एन्फा महिला फुटबल : कर्णालीको पोस्टमा एपीएफको आधा दर्जन गोल

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतबार भएको खेलमा एपीएफले कर्णालीलाई ६–० ले पराजित गरेको हो।

Sep 15, 2024 - 10:36
 0
एन्फा महिला फुटबल : कर्णालीको पोस्टमा एपीएफको आधा दर्जन गोल

काठमाडौं। एन्फा महिला लिग-२०८१ फुटबलमा एपीएफ फुटबल क्लबले कर्णाली प्रदेशमाथि जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा एपीएफले कर्णालीलाई ६-० ले पराजित गरेको हो । एपीएफका लागि निशा ठोकर, रश्मी कुमारी घिसिङ, गीता राना मगर र हिमा रावतले गोल गरे ।

खेलको चौथो मिनेटमा निशा ठोकरले एपीएफका लागि पहिलो गोल गरिन् । ११ औँ र २५औं मिनेटमा रश्मीले एपीएफका लागि गोल गरिन् । ७७औं मिनेटमा हिमाले एपीएफका लागि पाँचौँ गोल गरिन् ।५३औं मिनेटमा पेनाल्टीमा गीताले गोल गरिन् ।

खेलको ९०औं मिनेटमा कर्णालीकी वर्षा ओलीले आत्म्घाती गोल गरेसँगै एपीएफले थप एक गोल प्राप्त गर्‍यो । जितसँगै एपीएफ अङ्कतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो स्थानमा भएको नेपाल पुलिस क्लब भने दोस्रो स्थानमा झरेको छ । पहिलो खेलबाहेक सबैमा पराजित भएको कर्णाली नवौं स्थानमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register