कुन ‘ब्लड ग्रुप’ भएका व्यक्तिलाई लामखुट्टेले धेरै टोक्छ ?

काठमाडौं । लामखुट्टेले जसलाई धेरै टोक्छ उनीहरूको रगत मिठो हुन्छ भनेको तपाईंले कतै सुन्नुभएको होला, के साँच्चै यस्तो हुन्छ त ? यसमा कुनै सत्यता छैन, बरु यो मजाक मात्र हो । लामखुट्टेले (mosquito) धेरै टोक्ने पछाडिको कारण केही अरू नै छ । यसको पछाडि विज्ञान (science) छ, जसको बारेमा आज हामी बताउनेछौँ । वास्तवमा, लामखुट्टेले […]

Sep 15, 2024 - 11:04
 0
कुन ‘ब्लड ग्रुप’ भएका व्यक्तिलाई लामखुट्टेले धेरै टोक्छ ?

काठमाडौं । लामखुट्टेले जसलाई धेरै टोक्छ उनीहरूको रगत मिठो हुन्छ भनेको तपाईंले कतै सुन्नुभएको होला, के साँच्चै यस्तो हुन्छ त ? यसमा कुनै सत्यता छैन, बरु यो मजाक मात्र हो ।

लामखुट्टेले (mosquito) धेरै टोक्ने पछाडिको कारण केही अरू नै छ । यसको पछाडि विज्ञान (science) छ, जसको बारेमा आज हामी बताउनेछौँ ।

वास्तवमा, लामखुट्टेले धेरै टोक्नेहरूको कारण ब्लड ग्रुप (blood group) हुन सक्छ ।

हालैका केही अनुसन्धानले देखाएका छन् कि ओ (O) ब्लड ग्रुप भएका व्यक्तितर्फ लामखुट्टे धेरै आकर्षित हुन्छन् । यसको पछाडि ओ (O) ब्लड ग्रुप भएका व्यक्तिको मेटाबोलिक रेट (metabolic rate) हो ।

अनुसन्धानकर्ताले यो पनि बताएका छन् कि लामखुट्टे छालाको गन्ध र माइक्रोबायोटातर्फ धेरै आकर्षित हुन्छन् ।

यसका साथै लामखुट्टेले टोक्ने धेरै कारण हुन सक्छन्, जुन यस प्रकार छन् :

शरीरको तापक्रम

शरीरको तापक्रम पनि लामखुट्टेले (mosquito) धेरै टोक्नुको कारण हुन सक्छ । वास्तवमा, पसिनामा ल्याक्टिक एसिड र अमोनिया हुन्छ जसले रोग फैलाउने लामखुट्टे आकर्षित गर्छ ।

ब्याक्टेरिया

छालामा हुने ब्याक्टेरिया पनि लामखुट्टेले टोक्नुको कारण हुन सक्छ । पसिनासँग छालाको ब्याक्टेरिया (bacteria) मिलेर सुगन्धित हुन्छ, जसले लामखुट्टेलाई आकर्षित गर्छ ।

रक्सी र गाढा रङ्ग

एक अध्ययनमा पत्ता लागेको छ कि रक्सी पिउनेलाई पनि लामखुट्टेले धेरै टोक्छ । साथै कपडाको रङ्गले (clothes color) पनि लामखुट्टेलाई आकर्षित (attraction) गर्न सक्छ ।

यसले कालो, हरियो, बैजनी र गाढा रङ्गलाई बढी निशाना बनाउँछ । त्यसैले लामखुट्टेबाट बच्न तपाईंले हल्का रङ्गका कपडा लगाउने प्रयास गर्नुहोस् । साथै, तपाईंको वरिपरि पानी जम्न नदिनुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register