आजदेखि इन्द्रजात्रा; सिँगारिँदै श्वेत भैरव (तस्वीरहरू)

काठमाडौँ। सर्वसाधारणले वर्षको तीन पटक मात्र पूर्ण दर्शन गर्न पाउने श्वेत भैरव मन्दिरको ढोका इन्द्रजात्रा सुरु भएदेखि भने पूर्ण रूपमा खोलिएको छ। वर्षभरि नौ वटा झ्याल (आँखीझ्याल)भित्र गुपचुप बस्ने नेपाल कै सबैभन्दा ठुलो (अनुहार) श्वेत भैरवको पूर्ण दर्शन गर्न सर्वसाधारणले वर्षको तीन पटक मात्र पाउँदछन्। श्वेत भैरवको पूर्ण रूपमा दर्शन गर्न इन्द्रजात्राको आठ दिन, बडा […]

Sep 15, 2024 - 11:56
 0
आजदेखि इन्द्रजात्रा; सिँगारिँदै श्वेत भैरव (तस्वीरहरू)

काठमाडौँ। सर्वसाधारणले वर्षको तीन पटक मात्र पूर्ण दर्शन गर्न पाउने श्वेत भैरव मन्दिरको ढोका इन्द्रजात्रा सुरु भएदेखि भने पूर्ण रूपमा खोलिएको छ। वर्षभरि नौ वटा झ्याल (आँखीझ्याल)भित्र गुपचुप बस्ने नेपाल कै सबैभन्दा ठुलो (अनुहार) श्वेत भैरवको पूर्ण दर्शन गर्न सर्वसाधारणले वर्षको तीन पटक मात्र पाउँदछन्।

श्वेत भैरवको पूर्ण रूपमा दर्शन गर्न इन्द्रजात्राको आठ दिन, बडा दसैँ र चैते दसैँमा मात्र पाइन्छ। द्वादशीका दिन हनुमान ढोकामा यःसिं (लिङ्गो) ठड्याइसकेपछि इन्द्रजात्रा सुरु हुन्छ र त्यस दिन देखि श्वेत भैरवको सम्पूर्ण ढोका खोलिन्छ।

संस्कृतिविद्हरूका अनुसार श्वेत भैरवको पूजा तान्त्रिक विधि अनुसार गर्नु पर्ने भएकाले सधैँ खुल्ला नराखिएको हो। अहिले इन्द्रजात्राको लागि श्वेत भैरवको मूर्ति रंगरोगन गर्ने काम चलिरहेको छ।

तस्वीरहरु:-

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register