दर कहिले खाने ? के खाने ?

काठमाडौं । आजभोलि तीज आउनुभन्दा १५/२० दिन पहिला बाट नै महिलाहरू दर खाने गर्छन् । के साँच्चिकै तीज आउनुभन्दा १५/२० दिन अगाडि नै दर खाने चलन पहिले देखिको परम्परा हो त ? आज हामी यसबारे विस्तृतमा जान्ने छौँ । खासमा हिन्दु महिलाहरूको महान् पर्व तीजको पहिलो दिनलाई मात्र दर खाने दिन भनिन्छ । सनातन हिन्दु […]

Sep 4, 2024 - 12:53
 0
दर कहिले खाने ? के खाने ?

काठमाडौं । आजभोलि तीज आउनुभन्दा १५/२० दिन पहिला बाट नै महिलाहरू दर खाने गर्छन् । के साँच्चिकै तीज आउनुभन्दा १५/२० दिन अगाडि नै दर खाने चलन पहिले देखिको परम्परा हो त ? आज हामी यसबारे विस्तृतमा जान्ने छौँ ।

खासमा हिन्दु महिलाहरूको महान् पर्व तीजको पहिलो दिनलाई मात्र दर खाने दिन भनिन्छ । सनातन हिन्दु धर्मावलम्बी नेपाली महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिनबाट प्रारम्भ हुन्छ ।

विवाहित महिलाले श्रीमान्‌को दीर्घायुको कामना तथा अविवाहितहरूले सुयोग्य पतिको कामना गर्दै भोलिपल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा मिष्ठान्न परिकार तयार गरी दर खाने चलन रहेको छ ।

तीजको दिन निराहार व्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्त्व भएका खानेकुरा खाने चलन चलेको बताइन्छ ।

महिलाहरू यो दिन माछा मासुबाहेक चोखो चिज खाएर भोलि पल्ट निराहार व्रत बस्ने गर्दछन् । दरमा खिर, ढकने र सेलरोटी खाने चलन हो, तर आजभोलि माछा, मासु सबै खाने गरिन्छ ।

परापूर्व कालमा देवी पार्वतीले भगवान् शिवलाई स्वामी पाउँ भनी निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन आएको मान्यता छ ।

स्वास्थ्य विशेषज्ञका अनुसार तीजको अघिल्लो दिन बढी चिल्लो, पिरो र मसालेदार खानेकुरा खानु हुँदैन । यस दिन शुद्ध खानेकुरा पौष्टिक आहार खानुपर्छ । जसले गर्दा तीजको दिनका व्रत बस्नको लागि शरीरमा समस्या आउँदैन ।

पानी समेत नखाई व्रत बस्ने गर्दा धेरै महिलाहरू नाच्दा नाच्दै ढल्ने वा मुर्छा पर्ने समस्या आउने गर्छ, त्यसैले शरीरलाई हाइड्रेट बनाइराख्न पानी पिउन डाक्टरहरूले सुझाव दिन्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register