संसद्को बजेट अधिवेशन आजै अन्त्य गरिने

काठमाडौं । संसद्को बजेट अधिवेशन आजैदेखि अन्त्य गर्ने तयारी गरिएको छ । सङ्घीय संसद्को राष्ट्रिय सभाका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाका अनुसार बजेट अधिवेशन आजैदेखि अन्त्य गर्नेगरी तयारी गरिएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा अड्किएका विधेयक पारित गर्ने र आजैदेखि अधिवेशन अन्त्य गर्ने सहायक प्रवक्ता कोइरालाले नेपालभ्युजलाई बताए । “दुवै सदनमा अड्किएर रहेका बाँकी विधेयक […]

Sep 16, 2024 - 06:20
 0
संसद्को बजेट अधिवेशन आजै अन्त्य गरिने

काठमाडौं । संसद्को बजेट अधिवेशन आजैदेखि अन्त्य गर्ने तयारी गरिएको छ ।

सङ्घीय संसद्को राष्ट्रिय सभाका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाका अनुसार बजेट अधिवेशन आजैदेखि अन्त्य गर्नेगरी तयारी गरिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभामा अड्किएका विधेयक पारित गर्ने र आजैदेखि अधिवेशन अन्त्य गर्ने सहायक प्रवक्ता कोइरालाले नेपालभ्युजलाई बताए । “दुवै सदनमा अड्किएर रहेका बाँकी विधेयक पारित गर्ने र आजै राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ,” उनले भने ।

आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले भने सदन चल्न दिने चेतावनी दिइरहेको छ । सत्तारूढ दल नेकपा (एमाले) ले माओवादी जनयुद्धलाई ‘हिंसा’ करार गरेको र उक्त शब्द संसद्को रेकर्डबाट हट्नुपर्ने माग गर्दै आएको माओवादीले संसद् अवरुद्ध गर्ने निर्णय गरिसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register