एमाले-एकीकृत समाजवादी त्यागेर सयौं कार्यकर्ता माओवादी प्रवेश

झापा । झापाका पुराना वामपन्थी नेता लोकबन्धु कन्दङ्वासहित सयौं नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । उनीहरूले माओवादी केन्द्र, झापाले बिर्तामोडमा आयोजना गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी पार्टी प्रवेश गरेका हुन् । उनीहरूलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेश गरेका कन्दङ्वा दुई वर्षअघि नेकपा […]

Sep 15, 2024 - 13:16
 0
एमाले-एकीकृत समाजवादी त्यागेर सयौं कार्यकर्ता माओवादी प्रवेश

झापा । झापाका पुराना वामपन्थी नेता लोकबन्धु कन्दङ्वासहित सयौं नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

उनीहरूले माओवादी केन्द्र, झापाले बिर्तामोडमा आयोजना गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी पार्टी प्रवेश गरेका हुन् । उनीहरूलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् ।

पार्टी प्रवेश गरेका कन्दङ्वा दुई वर्षअघि नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र वामपन्थी बुद्धिजीवीको रूपमा सकृय थिए ।

पार्टी प्रवेश गर्नेहरूमा मोहन योगी, सिता रण पँहेली, जगत राई, अञ्जर अलि सन्तबहादुर कुमाल, राजु लिम्बू, शेखर लामिछाने, विजय लामा, पवन राजवंशी, महेश कार्की, मन्नी देव, मनोज गेलाल, पर्वत लामा, शान्ता लिम्बू र शिबु राजवंशी छन् ।

यस्तै कला ढकाल, रिता ढकाल, सत्र रिजाल, मदन भण्डारी, कुमार भट्टराई, खगेन्द्र कट्टेल, देव कट्टेल, पुण्ड्य प्रसाद खनाल, अनिता गिरी, राखेक दर्नाल, अभिशेष कालिकोटे, टीका अधिकारी, पूजा महत, सुश्मा सुवेदी, राम बहादुर चेम्जोङ, गंगाप्रसाद आचार्य,सरस्वती बस्नेत, सन्तोष प्रसाईं, प्रेम्बा दोर्जे तामाङ, सुशिला भुजेल, भविबन्द्र लिम्बु, सञ्जीव आम्दाम्बे, रुपादेवी शिवाकोटी, शुक्ला राजवंशी, अनिल राई, शंकर थापा, सुवास सुवेदी, पदम भण्डारी, चन्द्रप्रसाद नेपाल, विशाल राजवंशी, नेहा राजवंशी, स्नेहा राई, रामबहादुर कार्की, पदम सम्बाहाम्फे, सिता लिम्बू, मणी खनाल, विनोद ढकाल, सिता श्रेष्ठलगायत रहेका छन् ।

माओवादी प्रवेश गर्नेमा नेकपा (एमाले)का जिल्ला तथा नगरस्तरीय नेतासमेत रहेका छन् । त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) का विद्यार्थी सङ्गठनका ६४ जना माओवादी प्रवेश गरेका छन् । उनीहरू अखिल (क्रान्तिकारी) मा समायोजन हुने भएका छन् ।

माओवादी प्रवेश गरेका कन्दङ्वाले जनताको भावना र ऐजेन्डा बुझेर आफ्नो कार्यदिशा तय गर्ने पार्टी माओवादी भएको बताए । “आज मुलुक जुन ठाउँमा छ, त्यो माओवादीका कारण सम्भव भएको हो,” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register