सहकारी ठगीबारे छानबिन गर्न न्यायिक समितिको माग 

काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सहकारी ठगी छानविनका लागि न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।  सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा सो समिति गठन गरेर ६/७ महिनाको समय दिएर सहकारी ठगीको छानविन गर्न उपयुक्त हुने सिंहले प्रस्ताव गरेका हुन् ।  आइतबार सङ्घीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै सांसद […]

Sep 15, 2024 - 13:44
 0
सहकारी ठगीबारे छानबिन गर्न न्यायिक समितिको माग 

काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सहकारी ठगी छानविनका लागि न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेका छन् । 

सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा सो समिति गठन गरेर ६/७ महिनाको समय दिएर सहकारी ठगीको छानविन गर्न उपयुक्त हुने सिंहले प्रस्ताव गरेका हुन् । 

आइतबार सङ्घीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै सांसद सिंहले सहकारी ठगहरुको सम्पत्ति जफत गरेर भएपनि सरकारले पीडितहरुको रकम फिर्ता गर्नुपर्ने समेत बताएका छन् । उनले सहकारी ठगीमा रवि लामिछाने देखिएपनि त्यसमा बढी जिम्मेवार काँग्रेस-एमाले भएको जिकिरसमेत गरेका छन् । 

‘सहकारीबाट नेपाली जनताको करिब एक खर्ब भन्दा बढी पैसा अपचलन भएको छ । त्यो अपचलन कुनै रास्वपाले मात्रै गरेको छैन ।’, सांसद सिंहले भने, ‘वास्तवमा यसको न्यायिक छानबिन समिति गठन हुनुपर्थ्यो । संसदीय छानविन यसका लागि उपयुक्त होइन । किनकी ३० वर्षदेखि यो देशमा शासन नेपाली काँग्रेस र एमालेले गरेको छ र सहकारीमा पनि काँग्रेस र एमाले नै हो ।’ 

त्यस्तै, सांसद सिंहले काँग्रेस-एमालेले बढी सहकारीको पैसा प्रयोग गरेको भन्दै यसको अपचलनमा पनि उनीहरु नै बढी जिम्मेवार देखिएको तर्क गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register