बोलेरो जीप दुर्घटनामा दुई जनाको मृत्यु

दोलखा । दोलखाको गौरीशङ्कर गाँउपालिकामा आईतवार भएको बोलेरो जीप दुर्घनामा दुुई जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । दोलखाको उत्तरी सिंगटी बजारबाट गौरीशङ गाँउपालिका जाँदै गरेको बा २० च ७२६६ नम्बरको बोलेरो जीप आईतवार साँझ ५ बजेतिर वडा नम्बर– ४ झ्याकुको कोठेडाँडामा दुर्घटना हुदा दुुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

Sep 15, 2024 - 16:39
 0
बोलेरो जीप दुर्घटनामा दुई जनाको मृत्यु

दोलखा ।

दोलखाको गौरीशङ्कर गाँउपालिकामा आईतवार भएको बोलेरो जीप दुर्घनामा दुुई जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।

दोलखाको उत्तरी सिंगटी बजारबाट गौरीशङ गाँउपालिका जाँदै गरेको बा २० च ७२६६ नम्बरको बोलेरो जीप आईतवार साँझ ५ बजेतिर वडा नम्बर– ४ झ्याकुको कोठेडाँडामा दुर्घटना हुदा दुुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताउनु भयो ।

दुर्घनामा गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ३ झ्याकुकी ७५ बर्षिय काली शेर्पा र करिब ५५ बर्षिय पसी शेर्पाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो ।

दुर्घनामा चालक सहित चार जना घाईते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाईते तीन जनाको सिंगटी अस्पतालमा उपचार भै रहेको पनि प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register