झापाका पुराना वामपन्थी नेता कन्दङ्वासहितका सयौं माओवादी केन्द्रमा प्रवेश

झापा, ३० भदौ । झापाका पुराना वामपन्थी नेता लोकबन्धु कन्दङ्वासहितका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्र झापाले बिर्तामोडमा आइतबार गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई स्वागत गरेका हुन् । कन्दङ्वा दुई वर्षअघि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र वामपन्थी बुद्धिजीवीको रुपमा सक्रिय [...] The post झापाका पुराना वामपन्थी नेता कन्दङ्वासहितका सयौं माओवादी केन्द्रमा प्रवेश appeared first on Jhapa Online.

Sep 15, 2024 - 16:37
 0
झापाका पुराना वामपन्थी नेता कन्दङ्वासहितका सयौं माओवादी केन्द्रमा प्रवेश

झापा, ३० भदौ । झापाका पुराना वामपन्थी नेता लोकबन्धु कन्दङ्वासहितका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र झापाले बिर्तामोडमा आइतबार गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई स्वागत गरेका हुन् । कन्दङ्वा दुई वर्षअघि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र वामपन्थी बुद्धिजीवीको रुपमा सक्रिय थिए ।

पार्टी प्रवेश गर्दै कन्दङ्वाले जनताको भावना र ऐजेण्डा बुझेर आफ्नो कार्यदिशा तय गर्ने पार्टी माओवादी केन्द्र भएको बताए । ‘आज मुलुक जुन ठाउँमा छ, त्यो माओवादीका कारण सम्भव भएको हो । माओवादीसँग एजेन्डाको कमी छैन । त्यसको कार्यान्वयन भए माओवादीलाई कसैले छुन सक्दैन’, उनले भने ।

पार्टी प्रवेश गर्नेमा एमालेका जिल्ला तथा नगरस्तरीय नेतासहित जसपाको विद्यार्थी संगठनका ६४ जना माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा समाहित भएको माओवादीले जनाएको छ ।

The post झापाका पुराना वामपन्थी नेता कन्दङ्वासहितका सयौं माओवादी केन्द्रमा प्रवेश appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register