जीप दुर्घटनामा दुई जनाको मृत्यु

दोलखा, ३० भदौ । दोलखाको गौरीशङ्कर गाउँपालिकामा आज भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा चार जना घाइते भएका छन् । दोलखाको उत्तरी सिंगटी बजारबाट गौरीशङ्कर गाउँपालिका जाँदै गरेको बा २० च ७२६६ नम्बरको बोलेरो जीप वडा नम्बर– ४ झ्याकुको कोठेडाँडामा दुर्घटना हुँदा गौरीशङ्कर गाउँपालिका–३ की ७५ वर्षीया काली शेर्पा र [...] The post जीप दुर्घटनामा दुई जनाको मृत्यु appeared first on Jhapa Online.

Sep 15, 2024 - 16:57
 0
जीप दुर्घटनामा दुई जनाको मृत्यु

दोलखा, ३० भदौ । दोलखाको गौरीशङ्कर गाउँपालिकामा आज भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा चार जना घाइते भएका छन् ।

दोलखाको उत्तरी सिंगटी बजारबाट गौरीशङ्कर गाउँपालिका जाँदै गरेको बा २० च ७२६६ नम्बरको बोलेरो जीप वडा नम्बर– ४ झ्याकुको कोठेडाँडामा दुर्घटना हुँदा गौरीशङ्कर गाउँपालिका–३ की ७५ वर्षीया काली शेर्पा र ५५ वर्षीय पसी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा चालकसहित अन्य चार जना घाइते भएको र उनीहरूको अवस्था सामान्य रहेको छ ।

The post जीप दुर्घटनामा दुई जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register