झापामा डेढ महिनामा १०८ जनामा डेंगु संक्रमण, एक जनाको मृत्यु

सन्तोष शर्माबनियानी, १४ भदौ । झापामा एक सय आठ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । गत साउन १ गतदेखि भदौ १३ गतेसम्म एक सय आठ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेंगु रोग फोकल पर्सन युवनाथ बरालले जानकारी दिनुभयो । सोही अवधिमा डेंगु संक्रमणबाट एक जना महिलाको मृत्यु समेत भएको उहाँले बताउनुभयो । [...] The post झापामा डेढ महिनामा १०८ जनामा डेंगु संक्रमण, एक जनाको मृत्यु appeared first on Jhapa Online.

Aug 30, 2024 - 14:29
 0
झापामा डेढ महिनामा १०८ जनामा डेंगु संक्रमण, एक जनाको मृत्यु

सन्तोष शर्मा
बनियानी, १४ भदौ ।
झापामा एक सय आठ जनामा डेंगु रोगको संक्रमण देखिएको छ ।

गत साउन १ गतदेखि भदौ १३ गतेसम्म एक सय आठ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेंगु रोग फोकल पर्सन युवनाथ बरालले जानकारी दिनुभयो । सोही अवधिमा डेंगु संक्रमणबाट एक जना महिलाको मृत्यु समेत भएको उहाँले बताउनुभयो ।

झापाका १५ वटा पालिकामध्ये सबैभन्दा धेरै बिर्तामोड नगरपालिकामा ७४ जनामा डेंगु संक्रमण देखिएको छ भने अर्जुनधारा नगरपालिका, कचनकवल गाउँपालिका, शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा संक्रमितको संख्या शून्य रहेको कार्यालयको तथ्यांक छ ।

त्यस्तै, मेचीनगर दुई जना, बुद्धशान्तिमा तीन जना, हल्दिबारीमा चार जना, भद्रपुरमा तीन जना, कनकाईमा एक जना, कमलमा एक जना, दमकमा १६ जना, झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकामा दुई÷दुई जनामा डेंगु संक्रमण देखिएको फोकल पर्सन बरालले जानकारी दिनुभयो ।

The post झापामा डेढ महिनामा १०८ जनामा डेंगु संक्रमण, एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register